इसरोकार संवाददाता चैत ४ सप्तरी । सप्तरीको राजविराज क्षेत्रमा रहेको स्थानीय निकायका कार्यालयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल सरकार हटाएर मधेश सरकार नामको बोर्ड लगाएको छ । नेपाल सरकार लेखिएको बोर्ड हटाएर मोर्चाले मधेश सरकार लेख्दै बिहिबार कार्यालयमा तालाबन्दी गरेको छ ।
मोर्चाका संयोजक दिनेशकुमार यादवको नेतृत्वमा पुगेका मोर्चा कार्यकर्ताले जिल्ला समन्वय समितिको कार्यालय र राजविराज नगरपालिको कार्यालयमा तालाबन्दी गरेका हुन् । नयाँ राखिएको बोर्डमा मधेश सरकार लेखिएको छ । उनीहरुले कार्यालय प्रमुख र प्रशासन कक्षमा समेत ताला लगाएका छन् ।
नेपाल सरकार हटाएर मधेश सरकार लेखिएको बोर्डलाई लिएर काठमाडौंमा हङ्गामा मच्चिएको छ । सरकार विरुद्ध आन्दोलनमा होमिएको मोर्चाको यो कदमलाई राजधानीमा साचोको रुपमा हेरिएको छ ।
तालाबन्दी गर्न गएका मोर्चा कार्यकर्ताले एक दिन अघि मात्र लेखिएको जिल्ला समन्वय समितिको कार्यालय मेटाई सो स्थानमा जिल्ला विकास समितिको कार्यालय र नेपाल सरकार मेटाई सो स्थानमा मधेस प्रदेश सरकार लेखेका छन् ।
स्थानीय तह पुनर्संरचनाको विरोधमा रहेको मोर्चाले बिहीबारदेखि गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति कार्यान्वयन भएपछि तालाबन्दी गरेको हो । जिल्लाका सबै गाविस, नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गर्ने जनाएको मोर्चाले तालाबन्दी अनिश्चित रहने बताएको छ ।
आगामी बैशाख ३१ गतेका लागि निर्धा्रित स्थानीय निकायको निर्वाचन र स्थानीय तह पुर्नसंरचना कार्यान्वयन हुन नदिने मोर्चाले निर्णय गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-