इसरोकार संवाददाता काठमाडौं, चैत ४ – एएफसी एसियन कप २०१९ छनौट खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । फिलिपिन्ससँग हुने पहिलो खेलका लागि शुक्रबार २० सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो ।
सुरुवाती छनौटमा परेका २७ जनाबाट २० जनालाई अन्तिम छनौट गरिएको हो । २७ जनामध्येबाट सुमन लामा, देबेन्द्र तामाङ, एलन न्यौपाने, अनिल गुरुङ, राजेन्द्र रावल, मानबहादुर तामाङ र बिमल बस्नेत छनौट हुन सकेनन् ।
नेपालले पहिलो खेल फिलिपिन्ससँग आगामी १५ गते खेल्नेछ । खेल फिलिपिन्सको रिजल मेमोरियल स्टेडियम मनिलामा हुनेछ ।
को को परे टोलीमा ?
- बिकेश कुथु
- किरण कुमार लिम्बु
- बिशाल श्रेष्ठ
- रबिन श्रेष्ठ
- बिराज महर्जन
- अनन्त तामाङ
- आदित्य चौधरी
- कमल श्रेष्ठ
- रञ्जित धिमाल
- जितेन्द्र कार्की
- रोहित चन्द
- बिशाल राई
- हेमन गुरुङ
- बिक्रम लामा
- अन्जन बिष्ट
- सुजल श्रेष्ठ
- बिमल घर्तीमगर
- रञ्जन बिष्ट
- भरत खवास
- कर्ण लिम्बु
प्रतिक्रिया लेख्नुहोस्:-