इसरोकार संवाददाता दैलेख, चैत ६ – दैलेखमा माध्यमिक शिक्षा परीक्षा दिँदै गरेकी १७ वर्षकी पूजा नेपालीले छोरा जन्माएकी छन् । दैलेखको सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक परीक्षा केन्द्रमा जाँच दिइरहेकी नेपालीलाई बेथा लागेपछि जिल्ला अस्पताल लगिएको थियो ।
नेपाली र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । जनता मावि कोटथाप्लामा अध्ययनरत नेपालीको घर नारायण नगरपालिका–२ जाहरकोटमा पर्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-