इसरोकार संवाददाता काठमाडौं, चैत ६ – निर्वाचन आयोगले आइतबारदेखि पत्रपत्र छपाईको काम सुरु गर्दैछ । आयोगले व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलको हैसियतमा सम्बन्धित दलको चुनाव चिन्ह पनि प्रदान गरिसकेको छ ।
चुनाव चिन्हको मर्यादाक्रम २०७० सालको संविधान सभा चुनावमा समानुपातिकतर्फ पाएको मतको आधारमा निर्धारण गरिएको छ । यस अनुसार कांग्रेसको रुख पहिलो, एमालेको सूर्य दोस्रो, माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा तेस्रो र राप्रपाको गाई चौथो नम्बरमा छ ।
संसदमा रहेका ३० दल मध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल एकीकृत भई राष्ट्रिय प्रजातन्त्र पार्टी भएको छ । मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकृत भई संघीय समाजवादी फोरम नेपाल भएको तथा समाजवादी जनता पार्टीलाई निर्वाचन आयोगले खारेज गरेको छ ।
संसदमा प्रतिनिधित्व गर्ने नेपाः राष्ट्रिय पार्टीले अयोगको सूचना बमोजिम स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ता नगरेका कारण उसले पनि दलको चुनाव चिह्न पाउने छैन ।
प्रतिक्रिया लेख्नुहोस्:-