इसरोकार संवाददाता काठमाडौं, चैत ९ – निर्वाचनसँग सम्बन्धित कानुनमा थ्रेस होल्ड राख्ने विषयमा संसदको राज्य व्यवस्था समितिको उपसमितिले निर्णय गरेको छ ।
बुधबार बिहान बसेको उपसमिति बैठकले राष्ट्रिय दल हुनका लागि समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत ल्याउनुपर्ने या प्रत्यक्षतर्फ कम्तिमा एकसिट जित्नुपर्ने प्रावधान राख्ने निर्णय गरेको हो ।
ठूला तीन दलका सांसदहरुले गरेको निर्णयप्रति साना दलका सांसदले बिरोध गरेका छन् । उपसमितिले गरेको निर्णय समितिको बैठकमा अनुमोदन गराएर आजै संसदबाट पारित गर्ने तयारी छ ।
प्रतिक्रिया लेख्नुहोस्:-