इसरोकार संवाददाता काठमाडौं, चैत ९– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुवीर महासेठले मधेशी मोर्चाले चुनावमा भाग लिने प्रतिबद्धता जनाए आफूहरु संविधान संशोधन प्रस्तावमा लचक हुन सक्ने बताएका छन्। उनले संशोधन प्रस्तावमा समावेश सीमांकनबाहेकको प्रस्तावमा एमालेको समर्थन रहने बताए ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले संविधान संशोधन प्रस्तावमा उल्लेख गरिएका चार वटा विषयहरुमध्ये प्रदेशको सिमांकनको बारेमा प्रमुख तीन दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रवीच समान धारणा रहेको स्पष्ट पारे।
नेता महासेठले मधेशी मोर्चापनि चुनावमा आउनुपर्ने बताउँदै भने,‘उहाँहरुपनि चुनावमा आउनुपर्छ, भोलि यो पार्टीको कारण हामी चुनावमा जान पाएनौं भनेर पछुताउने काम नहोस्, बेलैमा विचार पुर्याउनुहोस्।’
उनले अघि भने,‘मधेशी मोर्चाले पहिलो संविधान संशोधनमा पनि दुई वटा विषय पारित भए हामी मान्छौं भन्नुभयो, दुईवटा विषय पारित हुँदापनि उहाँहरुले पछि फेरि अर्को बखेडा झिक्नुभयो।’
नेता महासेठले मधेशी मोर्चाका नेताहरुले चुनाव नचाहेपनि जनताले चुनाव चाहेको स्पष्ट पारे।
प्रतिक्रिया लेख्नुहोस्:-