२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

कञ्चनपुर गोलीकाण्डमा भारतले माफी माग्नु पर्छ : माओवादी

दैलो न्युज दैलो न्युज
चैत्र १०, २०७३ ०७:२२ मा प्रकाशित
कञ्चनपुर गोलीकाण्डमा भारतले माफी माग्नु पर्छ : माओवादी
ShareTweetPin

इसरोकार संवाददाता १० चैत, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले कञ्चनपुर गोलीकाण्डमा भारतले माफी माग्नुपर्ने निष्कर्ष निकालेको छ । यसैगरी सप्तरीमा प्रहरीको गोली लागेर मृत्यु भएका पाँचै जनालाई शहीद घोषणा गर्नुपर्ने निष्कर्ष पनि माओवादीले निकालेको छ ।

समसामयिक परिस्थितिबारे छलफल गर्न बिहीबार बिहान माओवादी संसदीय दलको बैठक बसेको थियो । सिंहदरबारमा बसेको बैठकमा कञ्चनपुर र सप्तरी गोलीकाण्डको विषयमा पनि छलफल भएको थियो ।

गत फागुन २६ गते कञ्चनपुरको पुनर्वास नगरपालिकाको आनन्द बजारमा एसएसबीको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको थियो । सो घटनामा भारतीय सुरक्षाकर्मीको लापरवाही पुष्टि भएकाले भारतले माफी माग्नुपर्ने निष्कर्ष बैठकले निकालेको माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक टेकबहादुर बस्नेतले जानकारी दिए ।

‘यस गोलीकाण्डप्रति खेद प्रकट गर्दै भारत सरकारले नेपाल सरकार र जनताप्रति गल्ती स्वीकार गरी माफ माग्नुपर्ने, शहीद परिवारलाई सम्मानपूवर्क क्षतिपूर्ति दिनुपर्ने साथै शहीदको सम्मान एवं सम्झना स्वरुप स्मारक बनाउनुपर्ने कुरा पनि यो बैठक माग गर्दछ,’ माओवादी केन्द्र संसदीय दलको बैठकको निर्णयमा लेखिएको छ, ‘…नेपालको सार्वभौमिकता, अन्तर्राष्ट्रिय सीमा सम्बन्धी महासन्धि र प्रचलनविरुद्ध भारतीय सीमा सुरक्षा बल एसएसबीद्वारा नेपाली भूमिमा गरिएको गोली प्रहारबारेमा यो बैठक विरोध गर्दै नेपाल सरकारमार्फत भारत सरकारसँग आवश्यक कूटनीतिक पहल गरी यो बैठकको निर्णय कार्यान्वयन गर्न नेपाल सरकारसमक्ष माग गर्ने निर्णय गर्दछ ।’

नेपाल-भारत सीमा क्षेत्रमा कल्भर्ट निर्माण गर्ने विषयमा विवाद हुँदा एसएसबीले चलाएको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको थियो । गौतमलाई सरकारले शहीद घोषणा गरिसकेको छ ।

एमालेको मेची-महाकाली अभियानअन्तर्गतको सभालाई सप्तरीको राजविराजमा मधेसी मोर्चाले बिथोल्न खोजेको भन्दै प्रहरीले गोली चलाउँदा सप्तरीमा पाँच जनाको मृत्यु भएको थियो । ती मृतक सबैलाई शहीद घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि भएको माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जानकारी दिए ।

विराटनगरलाई महानगरपालिका बनाउन पहल गर्ने निर्णय

यसैगरी मोरङको विराटनगरलाई महानगरपालिका बनाउन पहल गर्ने निर्णय पनि भएको मोदीले बताए । विराटनगर हाल उपमहानगरपालिका छ । सरकारले हालै ललितपुर, पोखरा, चितवनको भरतपुरलाई नयाँ महानगरपालिका घोषणा गरेको छ ।

माओवादी संसदीय दलको बैठकले जाजरकोटमा गत फागुन २७ गते बस दुर्घटनामा मृत्यु भएका परिवारहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको उपचार गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

बैठकमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले समसामयिक राजनीतिक अवस्था र चीन भ्रमणबारे जानकारी गराएका थिए । उनले आफू चीनबाट फर्किएलगत्तै मधेसी मोर्चासँस सहमति हुने दाबी समेत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us