२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

मतदाताकर्ताले आफ्नो नया मतदाता परिचय पत्र यसरि पाउने छन् ,

दैलो न्युज दैलो न्युज
चैत्र ११, २०७३ ०४:४२ मा प्रकाशित
मतदाताकर्ताले आफ्नो नया मतदाता परिचय पत्र यसरि पाउने छन् ,
ShareTweetPin

इसरोकार संवाददाता ११ चैत, काठमाडौं । तपाईसँग ०७० को निर्वाचनमा प्रयोग भएको फोटो सहितको मतदाता परिचय पत्र छ ? यदि त्यही मतपत्र बोकेर आगामी निर्वाचनमा मतदान गर्ने तयारीमा हुनुहुन्छ भने तपाई गलत हुनुहुनेछ ।

निर्वाचन आयोगले उक्त मतदाता परिचय पत्र खारेज गरी नयाँ मतदाता परिचय पत्र तयार गर्दैछ । उक्त नयाँ मतदाता परिचयपत्र प्राप्त व्यक्तिले मात्रै आगामी निर्वाचनमा मतदान गर्न र उम्मेदवार बन्न पाउनेछन् ।

कहाँ छ मतपत्र ?

निर्वाचन आयोगले चैत २० गतेसम्म मतदाता नामावली अद्यावधिक गर्दैछ । यसअघिको मतदाता नामावलीमा कतिपय मतदाताको मृत्यु भएको, केहीले बसाइ सराइको निवेदन दिएको र अधिकाशंको मतदान केन्द्र परिवर्तन भएको छ ।

यस्तै ०७० सालको निर्वाचनपछि धेरै मतदाता थपिएका छन् । उनीहरुको अद्यावधिक गर्ने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले अहिले मतदाता नामावलीको अद्यावधिक गर्ने र हरेक मतदाताको मतदान केन्द्र तोक्ने काम गरिरहेको छ ।

आयोगले आगामी चैत २० गतेसम्म मतदाता नामावलीको अद्यावधिक र उनीहरुको मतदान केन्द्र तोक्ने काम सम्पन्न गरिसक्ने बताएको छ । त्यसपश्चात मात्र मतदाता परिचय पत्रको छपाइ सुरु हुनेछ ।

कहिलेसम्म छापिन्छ मतदाता परिचय पत्र ?

निर्वाचन आयोगले नेपालकै एक कम्पनीलाई मतदाता परिचय पत्र छपाइको जिम्मा दिएको छ । उक्त कम्पनीले करिब २० दिनमा मतपत्र छापिसक्ने बताएको छ । उक्त कम्पनीले निर्वाचन आयोग परिसरमै मेशिन जडान गरेर निर्वाचन आयोगको निगरानीमा मतपत्र छपाउनेछ । आयोगको निर्वाचन व्यवस्थापनको क्यालेण्डर अनुसार बैशाख १० देखि १५ गतेसम्म आयोगले सबै मतदाता परिचयपत्र प्राप्त गरिसक्नेछ ।

कसरी पाउने मतदाता परिचयपत्र ?

निर्वाचन आयोगले हरेक मतदाताको परिचय पत्र सम्वन्धित मतदाताको मतदान केन्द्रको ठेगानामा उपलब्ध गराउने छ । यदि विभिन्न जिल्लाका मतदाता निर्वाचनअघि काठमाडौंमा हुन सक्छन् । उनीहरुलाई लाग्न सक्छ, मेरो मतदाता परिचयपत्र म यहीँबाट लिनसक्नेछु । तर, त्यस्तो हुँदैन । हरेक मतदाताले आफ्नै मतदान केन्द्रमा पुगेर मात्र मतदाता परिचय पत्र लिन सक्नेछन् ।

निर्वाचन आयोगका अनुसार ढिलोमा करिब बैशाख १५ बाट मतदाता परिचयपत्र मतदान केन्द्रसम्म पुग्न थाल्नेछ ।

कसरी पुग्छ मतपत्र ?

निर्वाचन आयोगले हेलिकप्टर, प्लेन र गाडीबाट ढुवानी गर्ने व्यवस्था मिलाएको छ । र त्यसका लागि नेपाली सेनाको सहयोग लिने निर्वाचन आयोगले बताएको छ । मतदाता परिचय पत्र निर्वाचनका लागि संवेदनशील विषय भएकाले नेपाली सेना र सशस्त्र प्रहरीको जिम्मा लगाउन लागेको हो ।

आयोगले सडकको पहुँच भएको मतदान केन्द्रहरुमा पनि सुरक्षा निकाय, सरकारी कार्यालय र केही नीजि सवारी साधन भाडामा लिएर मतदाता परिचय पत्र ओसार्ने तयारी गरेको छ । सडकको पहुँच नभएको मतदान केन्द्रहरुमा भने हेलिकप्टरबाट परिचय पत्र पुर्याइनेछ । यसरी आयोगले निर्वाचनअघि सबै मतदाताको हातमा मतदाता परिचय पत्र पुर्‍याउने गरी तयारी गरिरहेको छ

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us