इसरोकार संवाददाता २० चैत, काठमाडौं । निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छन् । प्रहरीले भट्टराईसँगै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई पनि पक्राउ गरेको छ ।
दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलले निर्वाचन आयोगमा धर्ना दिएका हुन् । जुलसससहित धर्नाका लागि अयोगको केन्द्रीय कार्यालय बहादुरभवनतर्फ अघि बढेका भट्टराईसहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई ट्रकमा हालेर अहिले प्रहरी कार्यालयतर्फ लगिएको नयाँ शक्तिका नेता विश्वदीप पाण्डले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-