इसरोकार संवाददाता काठमाडौं, चैत २३ – नेपाल र भारतबिचका शान्ति तथा मैत्री सन्धिलगायत अरु दुई पक्ष सन्धि सम्झौताको पुनरावलोकन गरी सुझाव पेस गर्न गठित नेपाल र भारतका प्रबुद्ध समूहको बैठक सुरु भएको छ ।
काठमाडौंमा सुरु भएको बैठकमा १९५० को शान्ति तथा मैत्री सन्धिको धारागत रुपमा छलफल गरी निश्कर्ष निकालिने प्रबुद्ध समूहका सदस्यले बताएका छन् ।
विभिन्न कारणले दुई पटक स्थगित भएको बैठक बुधबार बसेको हो । यसअघि पहिलो बैठक नेपालमा र दोस्रो बैठक भारतमा भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-