वैशाख २ – म्याग्दीको बेनीमा विद्यालयको कक्षाकोठा भवन निर्माण गर्न आर्थिक स्रोत नहुँदा निर्माणकार्य नै अलपत्र परेको छ ।
बेनी नगरपालिका फापरखेतस्थित खड्गभवानी प्राथमिक विद्यालयमा गत वर्ष शुरु गरिएको भवन निर्माण आर्थिक अभावमा अलपत्र परेको हो ।
सांसद विकास कोषबाट १ लाख, जिविस म्याग्दीबाट ७५ हजार र बेनी नगरपालिकाबाट ७० हजारका साथै बाँकी विद्यालय तथा स्थानीय स्रोतको व्यवस्थापनमा दुई कोठे कक्षा कोठा निर्माण शुरु गरिएको थियो । तर, गत वर्षातमा निर्माणाधीन अवस्थामै भवनभन्दा माथिबाट पहिरो खसेर भवन भत्काएपछि निर्माण अवरुद्ध बनेको हो ।
भवन नहुँदा विद्यार्थीले सास्ती ब्यहोर्नु परेको छ । स्थान अभावमा दुईवटा कक्षालाई एउटैमा राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर चर्मकारले बताए ।
जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले विद्यालयलाई आवश्यक सहयोग गरिने बचन दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-