इसरोकार संवाददाता बैशाख३ महोतरीमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आइतवार जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि संविधान संसोधन विना निर्वाचन हुन नदिने अडान लिदै आएको मोर्चाले पूर्वनिर्धारित कार्यक्रम अनुसार निर्वाचन कार्यालय घेराउ गरेको हो ।
माेर्चाले बिहान १० बजे देखि नै जलेश्वर नगरपालिकाको निर्वाचन कार्यालयको मुल गेट अगाडी वसेर धर्ना दिएको थियो । निर्वाचन कार्यालय घेराउ कार्यक्रममा मोर्चाका नेता तथा कार्यकर्ताहरु बाक्लो संख्यामा उपस्थित थिए ।
त्यसै गरि मोर्चा ले रुपन्देही जिल्ला निर्वाचन कार्यालय पनि घेराउ गरेको छ । आफ्ना माग पूरा गर्ने गरी संविधान संशोधन नगरी स्थानिय तहको निर्वाचन गर्न नदिने भन्दै मोर्चाले भैैरहवामा रहेको निर्वाचन कार्यालय घेराउ गरेको हो ।
त्यसक्रममा मोर्चा समर्थित नेता–कार्यकर्ताले सरकारविरुद्ध नारावाजी गरेका थिए । घेराउ केही घण्टा चलेको थियो । निर्वाचन कार्यालयलाई प्रहरीले आफ्नो सुरक्षा घेराभित्र राखेको छ । मोर्चाले तय गरेको आन्दोलनकै कार्यक्रमअन्तर्गत आइतबार निर्वाचन कार्यालय घेराउ गरिएको मोर्चाका स्थानीय नेताले जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-