वैशाख ५ – म्यानपावर व्यवसायीले वैदेशिक रोजगार विभागमा बुझाएको फ्रि भिसा फ्रि टिकटको विवरण छानविन गर्न समय लाग्ने भएको छ ।
स्थानीय तहको चुनावका लागि विभागका कर्मचारी खटिए पछि विवरण छानविन गर्न समय लाग्ने भएको हो । विभागले दिएको म्याद आइतबारसम्ममा झण्डै ७ सय म्यानपावरले विवरण बुझाएका छन् ।
नयाँ र पुराना गरी ८ भन्दा धेरै म्यानपावर मध्येबाट ७ सय वटाले विवरण बुझाएका हुन् । म्यानपावरलाई फ्रि भिसा फ्रि टिकटको कार्यान्वयन भएपछि कामदार पठाउँदा लिएको शुल्क र आर्थिक कारोबारको विवरण बुझाउन विभागले निर्देशन दिएको थियो ।
विवरण बुझाउने म्यानपावरको संख्या उत्साहजनक भए पनि कसरी बुझाएका छन् भन्ने हेर्न बाँकी नै रहेको विभागका निर्देशक विश्वराज पाण्डेले जानकारी दिनुभयो । विवरण छानविन भए पछि मात्रै न्युनतम लागत खर्च कार्यान्वयनको अवस्थाबारे थाहा लाग्ने पाण्डेले बताउनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-