इसरोकार सम्वाददाता ८ बैशाख, काठमाडौं । मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिमार्जन भए स्वीकार्य हुने बताएको छ । साथै चुनावप्रति सकारात्मक देखिएको छ ।
मधेसी मोर्चामा आवद्ध ६ दलले एकता गरेर राष्ट्रिय जनता पार्टी गठन गरेको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वार्तामा बोलाएका थिए ।
कांग्रेस शीर्ष नेताहरुसहितको बैठकको सुरुमा प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेताहरुसामू संशोधन र स्थानीय चुनावबारे तपाईहरुको धारणा के हो भनेर प्रश्न गरेका थिए ।
राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधानका तीन बुँदामा संशोधन भए स्वीकार्य हुने बताएका छन् ।
मधेसी मोर्चाका नेता एवं जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले भने, ‘धारा ७, २७४ र आयोग गठनमा हामीलाई चित्त बुझेको छैन । यसलाई परिर्माजन गरी जनताले केही पाउँछन् भन्ने सुनिश्चित हुन्छ भने कुरा मिल्छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-