इसरोकार सम्वाददाता बर्दिया, वैशाख १० – स्थानीय तहको चुनाव नजिकिएसँगै जागिरबाट राजीनामा दिएर उम्मेद्वार बन्ने लहर चलेको छ । उपमेयर उम्मेद्वारका लागि सिफारिस भएपछि ठाकुरद्धाराकी बिना भट्टराई जागिरबाट राजीनामा दिएर चुनावमा लाग्ने तयारी हुनुहुन्छ ।
नगरपालिकामा उपमेयरको चर्चासँगै पहिलो नम्बरमा सिफारिस भएपछि बर्दिया निकुञ्ज नजिक ठाकुरद्धारामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया संरक्षण कार्यक्रमको लैङ्गिक विकास सहायक पदको जागीर छाडेर बिना भट्टराई ठाकुरबाबा नगरपालिकाको उपमेयर पदका लागि उम्मेद्वार बन्न लाग्नुभएको हो । भट्टराईको नाम नेकपा एमालेबाट ठाकुरबाबा नगरपालिकाको उपमेयर पदमा पहिलो नम्बरमा सिफारिस भएको छ ।
ठाकुरबाबा नगरपालिकाका धेरै वडाका गाउँ, चोकचौतारा, चिया पसलमा अहिले उपमेयरमा भट्टराईको नाम चर्चामा छ । लैङ्गिक विकास सहायक पदमा कार्यरत उहाँले समाजमा काम गरेकाले पनि उहाँलाई सबैले राम्ररी चिनेका छन् । त्यसैले पनि उहाँ बलियो उम्मेद्वारको रुपमा परिचत हुनुभएको हो । उहाँ चुनावी प्रचार लाग्नु पनि भएको छ । तर उहाँको राजीनामा स्वीकृत भने भएको छैन ।
प्रतिक्रिया लेख्नुहोस्:-