इसरोकार संवाददाता बैशाख १२ सिराहा, बिभिन्न पार्टी परित्याग गरि सिरहा क्षेत्र नम्वर ५ बाट संघीय समाजवादी फोरम नेपालमा हजारौको संख्यामा नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् l
एमाले काङ्ग्रेस माओवादी सहित अन्य मधेश केन्द्रित दलहरू बाट आएका नव प्रवेशी नेता कार्यकर्ताहरुलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव ले फूलमालाले स्वागत गरि प्रवेश गराएका छन् l स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा संघीय समाजवादी फोरम नेपालले पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिदै आएको छ l अस्ति मात्रै बीरगंज बाट उद्योगपतिहरू सयौ को संख्यामा प्रवेश गराएको फोरमले यो क्रमलाई निरन्तरता दिदै आएको छ l
यद्दपि फोरम नेपाल संबिधान संशोधन नभए सम्म स्थानीय तहको निर्वाचनमा भाग नलिने भन्दै आएको छ l संविधान प्रति असन्तुस्टी जनाउदै विगत दुई वर्ष देखि आन्दोलन मा छ l
प्रतिक्रिया लेख्नुहोस्:-