२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

नेप्से सामान्य ओरालो लाग्दा बुधबारको सेयरबजारमा अरु के के भयो ?

दैलो न्युज दैलो न्युज
बैशाख १३, २०७४ १०:४७ मा प्रकाशित
नेप्से सामान्य ओरालो लाग्दा बुधबारको सेयरबजारमा अरु के के भयो ?
ShareTweetPin

इसरोकार संवाददाता बैशाख १३, बुधबारको सेयरबजार पनि सामान्य घटेको छ । बजारलाई सबैभन्दा बढी प्रभावित पार्ने वाणिज्य बैंक समूह लगायत होटल र उत्पादन समूह नकारात्मक रहेपछि समग्र बजार सामान्य झरेको हो । बजार नकारात्मक रहेपनि करिब एकदर्जन कम्पनीको सेयरमूल्य झण्डै दश प्रतिशतको दरले बढेको छ ।

बुधबार नेप्से परिसुचक २ दशमलव ०८ अंकले ओरालो लागेर १६ सय ७० दशमलव ३० अंकमा झरेर बन्द भएको छ । यसदिनको कारोबारमा अधिकांस समूह सकारात्मक रहेपनि वाणिज्य बैंक, होटल र उत्पादन समूह नकारात्मक रहेका छन । विकास बैंक, जलविद्युत , वित्त, बिमा र अन्य समूह सकारात्मक रहेपनि बजार ओरालो लाग्यो ।

यसदिन १ सय ४५ कम्पनीको १४ लाख ९० हजार कित्ता सेयर ९५ करोड ५१ लाख बराबरमा किनबेच भए । अघिल्लो दिनको तुलनामा कारोबार रकम १८ करोडले कम हो ।

बजार दुई अंकले घट्दा बुधबार सेयरबजारका लगानीकर्ताको सम्पत्ति दुई अर्बले नै घटेको छ । यसदिन समग्र बजारपूँजीकरण १९ खर्ब ३५ अर्ब कायम भएको छ । मंगलबार समग्र बजार पूँजीकरण १९ खर्ब ३७ अर्ब थियो।

यसदिन राष्ट्रिय बिमा कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको संस्थापक तथा साधारण सेयर गरेर ९ करोड बढीको सेयर किनबेच भयो । यसपछि नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ५४ लाख रुपैयाँ भन्दा धेरैको सेयर किनबेच भएको छ । नेपाल लाइफले बिक्री गरेको एफपीओको सेयर लगानीतकर्ताको डिम्याट खातामा आएकाले यसको उच्च कारोबार भयो । धेरै लगानीकर्ताले एफपीओ सेयर बिक्रीमा राखेपछि यो कम्पनीको सेयरमूल्य भने ओरालो लागेको छ ।

ग्लोबल आइएमई बैंक, नेपाल क्रेडिट एण्ड कर्मश बैंक तथा प्रभु बैंक र ज्योति विकास बैंक पनि उच्च कारोबार गर्नेको अग्रपक्तिमा छन । ज्योति विकास बैंकको आजै शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन भएकाले यसको कारोबार धेरै भएको हो । यी सबै कम्पनीहरुको ३ करोड बढीको सेयर किनबेच भयो ।

यस दिन चार कम्पनीको सेयरमूल्य दश प्रतिशतको दरले बढेको छ । महिला सहयात्रा माइक्रो, एनएमबि माइक्रोफाइनान्स, रिलायबल माइक्रोफाइनान्स र राष्ट्रिय बीमा कम्पनीको सेयरको मूल्य दश प्रतिशतले बढेको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनी संस्थापक, नयाँ नेपाल लघुवित्त, सप्तकोशी डेभलपमेन्ट,अरुण फाइनान्स तथा ललितपुर फाइनान्स लगायतको सेयरमुल्य पनि नौ प्रतिशत बढीले बढेको छ ।

आजै चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये ग्लोबल आइएमई बैंकको सेयरमूल्य सामान्य बढेको छ भने एनबी बैंकको घटेको छ । ग्लोबल आइएमईबको सेयरमूल्य ११ रुपैयाँले बढेको छ भने एनबी बैंकको प्रतिकित्ता १४ रुपैयाँले घटेको छ ।

सिर्जना फाइनान्स, मिथिला लघुवित्त, रिडी हाइड्रो, जेबिल्स फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, एनबी बैंक, वुटवल पावर कम्पनी लगायतका कम्पनी धेरै गुमाउनेमा परे।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा विमानस्थलको निर्माण कार्य ८४ प्रतिशत सकियो

पोखरा विमानस्थलको निर्माण कार्य ८४ प्रतिशत सकियो

एडिबीद्धारा सरकारलाई ३ करोड बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

एडिबीद्धारा सरकारलाई ३ करोड बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

टुटल र पठाओलाइ अवरोध नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको निर्देशन

टुटल र पठाओलाइ अवरोध नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको निर्देशन

बि.आर.एन.ब्रदर्सले गर्याे सुजुकीको एस–प्रेसो को सर्वजनिक, यस्ता छन् सुबिधाहरू

बि.आर.एन.ब्रदर्सले गर्याे सुजुकीको एस–प्रेसो को सर्वजनिक, यस्ता छन् सुबिधाहरू

दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क दमकमा निर्माण गर्ने समझदारी

दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क दमकमा निर्माण गर्ने समझदारी

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us