२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

जेठ १५ मा बजेट ल्याउन नमिल्ने : निर्वाचन आयोग,

दैलो न्युज दैलो न्युज
बैशाख १६, २०७४ ११:४५ मा प्रकाशित
जेठ १५ मा बजेट ल्याउन नमिल्ने : निर्वाचन आयोग,
ShareTweetPin

इसरोकार संवाददाता काठमाडौं, बैशाख १६– निर्वाचन आयोगले दुई चरणमा हुने स्थानीय तह निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता विपरित हुने ठहर गरेको छ ।

सरकारले निर्वाचनकै बीचमा  बजेट ल्याउने तयारी गरिरहेको बेला निर्वाचन आयोगले यस्तो ठहर गरेको हो । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायतका दलले  निर्वाचनको बीचमा  बजेट ल्याइने चुनावमा प्रभाव पर्न सक्ने भन्दै विरोध गर्दै आएको थियो ।

सरकारले आगामी बैशाख ३१ र जेठ ३१ गते  दुई चरणमा चुनाव गर्ने घोषणा गरेको सन्दर्भमा पहिलो मितिको चुनाव सकिएलगत्तै बजेट ल्याउने  गरी तयारी गर्दै आएको थियो भने  संविधानअनुसार पनि जेठ १५ भित्र बजेट आइसक्नु पर्दथ्यो । आयोगले आचारसंहिता लाग्ने ठहर गरेसँगै अब सरकार बजेट ल्याउने  तयारीबाट पछि हट्नु पर्ने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादको अध्यक्षतामा शनिबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटको विषयमा यस्तो निर्णय गरेको हो ।
आयोगको निर्णयमा भनिएको छ, ‘एक महिनाको अन्तरालमा हुने दुई चरणको निर्वाचनका बीच सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता अनुकुल नहुने भएकाले सरकारले प्रस्तुत गर्ने वार्षिक नीति तथा कार्यक्रम र बजेटले दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न सक्ने देखिएको हुँदा सो सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्ष गर्ने ।’

आयोगले दुई चरणको निर्वाचनका मिति घोषणा भइसकेपछि निर्वाचनका कार्यक्रमहरु समेत सार्वजनिक गरिसकेको छ । आयोगका प्रवक्ता सहसचिव सूर्यप्रसाद शर्माले गत फागुन १८ गतेदेखि नै निर्वाचन आचारसंहिता लागू भएको र सो आचारसंहिता दोस्रो चरणको निर्वाचनसम्म लागू हुने भएकाले दुबै निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट आउँदा निर्वाचन आचारसंहिता प्रतिकूल हुने आयोगले ठहर गरेको बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us