सरोकार संवाददाता,१७ बैशाख काठमाडौं । संशोधन गर्ने तयारी भइरहेका बेला आज बसेको संसद बैठक एकाएक कार्यसूचीमै प्रवेश नगरी बैशाख २१ गतेसम्मका लागि शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ l
संविधान संशोधन प्रस्ताव कुनै हालतमा पास गराउने सरकारको तयारी र जसरी पनि रोक्ने विपक्षीको योजनाका बीच संसद बैठक स्थगित हुँदा धेरैका लागि चासोको विषय बनेको छ । सभामुख ओनसरी घर्तीले भने दलहरुलाई सहमतिको लागि समय दिएको बताउनु भएको छ l
उता मधेसी मोर्चाले संविधान संशोधन नभई स्थानीय तहको चुनावमा भाग नलिने अडान लिएको छ । पहिलो चरणको चुनावका लागि उम्मेदवारी दर्ताको समय पर्सि १९ गतेका लागि तोकिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-