नेपाली संघीय समाज कतारको सह-अध्यक्ष गणेश कुमार राई लाइ आज एक कार्यक्रम बिच बिदाइ गरिएको छ। कतार बसाइ लाई विट मार्दै नेपाल प्रस्थान गर्ने भएकोले नेपाली संघीय समाज कतारको अध्यक्ष डीएन मगरको अध्यक्षतामा दोहाको एक होटलमा बिदाइ कार्यक्रम राखी उहाले सस्थालाइ दिनु भएको अतुलनीय योगदान साथ सहयोग र समर्थनको उच्च मुल्यांकन गरी कदर पत्र प्रदान गर्दै खादा ओडाएर सम्मान सहित बिदाइ गरिएको हो।

उक्त बिदाइ कार्यक्रममा अध्यक्ष डीएन मगरले खादा ओडाउदै उहाँको यात्रा सफलताको कामना गर्नु भएको थियो भने अध्यक्ष डिएन मगर प्रमुख सल्लाहकार चन्द्र सेर राई उपाध्यक्ष हिराधन राइले संयुक्त रुपमा कदर पत्र प्रदान गरिएको थियो । समाजको प्रमुख सल्लाहकार चन्द्र सेर राइले पनि खादा ओडाएर सम्मान गर्दै यात्रा सफलताको कामना गर्नु भएको थियो भने क्रमस समाजको उपाध्यक्ष हिराधन राई महासचिव सुबोध घलान तामाङ आर्थिक विभाग प्रमुख बिष्णु नन्द लिम्बू र सचिव चरण राइले पनि खादा ओडाएर सम्मान सहित यात्रा सफलताको कामना गर्नु भएको थियो भने कार्यक्रम संचालन समाजको महासचिव सुबोध घलान तामाङले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-