पोखरा २७ भदौ ।नेपाल आइडलका फाइनालिस्ट बुद्ध लामालाइ पोखरामा भब्य स्वागत गरिएको छ।
एपिवान टेलिभिजनद्धारा सञ्चालित चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को ग्राण्ड फिनालिमा प्रवेश गरेका गायक बुद्ध लामा लाइ मंगलबार पोखरामा भव्य स्वागत गरिएको छ. करिब चार महिना पछि आएका लामालाई पोखरा विमानस्थल बाटै स्वागत पश्चात बाइक र्याली गरि पोखरा बजार परिक्रमा गरेर जनप्रिय बहुमुखी क्याम्पस को प्रङ्गणमा बुद्धले आफ्नो प्रस्तुति राखेका थिए.
ग्रान्ड फिनालि प्रवेशपछि आफ्नो गृहनगर पोखरा आएका बुद्धसंगै रियालिटी सो संग सम्वन्धित अन्य प्रतिनिधीहरुको समेत् सहभागिता रहेको छ फाइनल प्रतिष्प्रर्धामा आफ्नो लागि भोट अपिल तथा गृहनगरमा हुने उनको भव्य स्वागतको छायाङ्कन गर्न शो का प्रतिनीधि उनीसंगै पोखरा झरेका हुन् ।
हजारौ प्रतिष्प्रर्धीलाई पछि पार्दै ग्राण्ड फिनालि प्रवेश गरेका बुद्ध सानैदेखि गायनका रुचि राख्दै साधना गरिरहेका प्रतिभा हुन् । टप थ्रि प्रवेश गर्दा अन्य प्रतिष्प्रर्धीलाई करिब २ लाख भोटअन्तर राखेका बुद्धलाई सम्भावित पहिलो नेपाल आइडलका रुपमा हेरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-