चर्चित रियालिटी शो नेपाल आईडल को बिजेता बुद्ध लामा लाइ “बुद्ध लामा जिताउ अभियान अन्तर्गत” अमेरिका बाट नगद सहयोग प्राप्त भएको थियो ।
करिब ९ लाख रुपया जम्मा भएको उक्त रकम अमेरिका मा बस्नु हुने नेपाली दाजु भाइ तथा दिदी बहिनी हरु द्वारा सङ्कलन गरिएको थियो । सोही ९ लाख रुपैया पोखरा र काठमाडौमा ४ लाख ४० हजार चारसय चालीस गरि दुई ठाउँमा पठाईएको थियो जसमा पोखरा को नेतृत्व तामाङ सोसाइटी अफ अमेरिका का माहासचिव अमर तामाङ ज्यु ले गर्नु भएको थियो भने त्येसै गरि काठमाडौ को नेतृत्व दिपेन्द्र लामा ज्युले गर्नु भएको थियो ।
तामाङ बिद्यार्थी घेदुङ कास्कीको अध्यक्ष रेशम तामाङ् ज्युले भन्नु भयो बुद्ध लामा जिताउ अभियान का सहयोगि हातहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु जहाँ तपाईंहरुको साथ् सहयोग र समर्थनले गर्दा आज बुद्ध लामा नेपाल अाईडल हुन सफल हुनुभएको छ र त्यस्तै गरि बिशेष धन्यवाद दिन चाहन्छु तामाङ् समाज अमेरिकाको महासचिव अमर तामाङ् ज्यु लाई उहाँको नेतृत्वमा बुद्ध लामा जिताउ अभियानको लागि संकलित रकम मध्येबाट पोखराको लागि ४ लाख ४० हजार ४ सय ४० नगद नेपाल तामाङ बिद्यार्थी घेदुङ र नेपाल तामाङ घेदुङ कस्केरी सिम्पनी समाज मार्फत पठाइएइको थियो जुन रकम बुद्ध लामाको भोटको लागि खर्च गरिएको जानकारी तामाङ बिद्यार्थी घेदुङ कास्कीको अध्यक्ष रेशम तामाङ्ले ब्यक्तगर्नु भएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-