२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

तमु साँस्कृतिक प्रतिष्ठानद्धारा स्वागत र अन्तरक्रिया थप १४ विद्यार्थीका लागि अक्षयकोष

दैलो न्युज दैलो न्युज
कार्तिक ७, २०७४ ०७:४४ मा प्रकाशित
तमु साँस्कृतिक प्रतिष्ठानद्धारा स्वागत र अन्तरक्रिया   थप १४ विद्यार्थीका लागि अक्षयकोष
ShareTweetPin

हुम तमु पोखरा

तमु साँस्कृतिक प्रतिष्ठान नेपालले विहीवार पोखरामा एक कार्यक्रम आयोजना गरी युके, जापान, कतार, युएई लगायतको देशबाट पोखरा आउनु भएका समाजिक अगुवाहरुलाई स्वागत र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ जापानमा स्थापित भई नेपालमा क्रियाशील तमु साँस्कृतिक प्रतिष्ठान नेपालले अतिथिहरुलाई पोखरा अमरसिंह चोकस्थित लेकाली चुल्हो घरमा चियापानका साथ स्वागत सम्मान र अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी गुरुङले तमु साँस्कृतिक प्रतिष्ठानको ऐतिहासिकता, उद्धेश्य लगायत गर्दै आएको क्रियाकलापका बारेमा जानकारी गराउनुभएको थियो । विभिन्न अक्षयकोषदाताको सहयोगमा प्रतिष्ठानले हाल ११ जिल्लाका ग्रामीण भेकमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने ६८ जना जेहेन्दार तथा गरिब तमु विद्यार्थीहरुलाइृ छात्रवृत्ति प्रदान आइरहेको उहाँले जानकारी दिनुभयो । यसरी नै भाषा, कला, सँस्कृति, पत्रकारिता, समाजसेवा लाग्नुभएका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको अध्यक्ष गुरुङले बताउनुभयो । आगामी दिनमा क्षेत्र नेपालभर बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा तमु धिं युकेका अध्यक्ष ज्ञाम गुरुङले समाज विकासका लागि शिक्षा र सकारात्मक सोंचको आवाश्यकतामा जोड दिनुहुदै प्रतिष्ठान पुनित अभियान तमु धिं युकेले आफ्नो बार्षिक क्यालेण्डरमै च्यारिटी कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो । यसवर्षको च्यारिटीबाट थप १४ जना विद्यार्थीका लागि अक्षयकोष थपिएको बताउनुभयो । एक विद्यार्थीलाई वार्षिक छात्रवृत्तिका लागि १ लाख २५ हजार रुपैया रहेको छ ।

तमु धिं युकेका नेपाल प्रतिनीधि तथा सोंपाल तमु समाज पोखराका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले प्रतिष्ठानका अवधारणा अत्यन्तै राम्रो भएकाले तमु धिं युकेबाट संस्थागत र व्यक्तिगत अक्षयकोषदाताहरु थपिदै गएको बताउनुभयो । प्रतिष्ठानले उत्कृष्ट विद्यार्थीका साथै देश हाक्ने दक्ष नागरिक उत्पादनमा पनि सोच्ने कि भन्नुहुदै तमुहरुको एकता एनआरएन जस्तै तमुहरुको अन्र्तराष्ट्रिय समन्वय समितिको आवाश्यकतामा जोड दिनुभयो ।

तमु समाज कतारका प्रमुख सल्लाहकार बिल गुरुङले शिक्षामा पहुँच विना समुदाय र मुलुकको विकास नहुने भएकाले तमु समाज कतारले एस एल सी मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने तमु विद्यार्थीलाई पुरस्कृत गर्ने योजना बनाएको थियो तर उस्तै अभियानमा प्रतिष्ठान रहेकाले समाजको तर्फबाट अक्षयकोष स्थापना गरेको बताउनुभयो । उहाँले प्रत्येक दुई दुई वर्षमा अक्षयकोष बृद्धि गर्दै लैजाने बताउनुहुदै नेपालको पुर्वदेखि पश्चिमसम्म क्षेत्रविस्तारको सुझाव दिनुभयो ।

प्रतिष्ठानका सल्लाहकार तेजबहादुर गुरुङले अब छात्रवृत्ति कक्षा ८ को जिल्लास्तरीय परिक्षामा प्राप्तांकको आधारमा ९ देखि १२ कक्षासम्म दिदा राम्रो हुने सुझाव दिनुभयो । उहाँले अक्षयकोषदाता र विद्यार्थीका विच निरन्तर सम्बन्ध आवाश्यक रहेको बताउनुभयो ।

तमु धिं युकेका सल्लाहकार एकेन्द्र गुरुङले अग्रगतिका लागि शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले तमु साँस्कृतिक प्रतिष्ठान नेपालको अत्यन्तै उपयुक्त अभियानका लागि तमु धिं युकेले वार्षिक क्यालेण्डरमा समावेश गरेर प्राथमिकता दिएको बताउनुभयो ।

अक्षयकोषदाता, तमु धिं युकेका सल्लाहकार सुर्य गुरुङले अक्षयकोषदाता र छात्रवृत्ति प्राप्त विद्यार्थी विच निरन्तर सम्बन्ध भइरह्यो भने दाताहरुले थप अध्ययनका लागि सहयोग गर्नसक्ने बताउनुभयो । विशेष ट्यालेन्ट विद्यार्थीलाई थप अध्ययनका लागि केही सोच्नु पर्ने बताउनुहुदै प्रतिष्ठानलाई सधै सहयोग गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले शिक्षाका लागि सबैले पहल गर्न आवाश्यक रहेकोमा जोड दिनुहुदै टार्गेट राखेर काम गर्नुपर्ने सुझाव दिनुभयो ।

तमु समाज युएईका प्रमुख सल्लाहकार राजु गुरुङले प्रतिष्ठान, यसका उद्धेशय र गतिविधीबारेमा पहिलो पटक जानकारी प्राप्त भएकोमा खुशी व्यक्त गर्नुहुदै प्रतिष्ठानको प्रस्ताव आउदो ल्होछारमा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैविच प्रतिष्ठानका आजीवन सदस्य बुद्धिमान गुरुङ धम्पुले आफ्नो बाबा र आमाको नाममा १ लाख ५ हजार प्रतिष्ठानको कोषमा सहयोग गर्ने घोषणा गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका वरिष्ठ उपाध्यक्ष हर्कबहादुर गुरुङले स्वागत र सचिव श्रीजंग गुरुङले संचालन गर्नुभएको थियो ।

यसैविच ह्वाइट लोटस स्टुडियोले तयार पारेको तमु ह्युला देखि तमु मै ताँ कार्यक्रमका बारेमा छोटो डकुमेन्ट्री प्रस्तुत गर्नुहुदै संचालक युग गुरुङले सबैको साथको आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us