हुम तमु
पोखरा, ७ कात्तिक
तमु धिं बेल्जियम र तमु धिं नेपालद्धारा महाभुकम्पबाट अति प्रभावितहरुका लागि गोरखाको धार्चे गाउपालिका वडा नं. ४ लाप्राकस्थित म्हनीडाडामा निर्मित लाप्राक सामुदायिक भवन उद्घाटन गरिएको छ ।
तमु धिं नेपाल लाप्राक गाँउ समिति तथा भवन निर्माण समितिद्धारा आयोजित उद्घाटन समारोहमा तमु समाज बेल्जियमका अध्यक्ष जीवन गुरुङ र तमु धिं नेपालका महासचिव गिरीप्रसाद गुरुङ संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
स्थानियका लागि पाहुना घर, सभा गोष्ठी, तालिम, चण्डी—घाँटु नाच, पुजा, विवाह भोज, साँस्कृतिक र संस्कारगत कर्महरु लगायतका लागि सामुदायिक भवनको अति आवाश्यक भएकाले करिब २७ लाख रुपैयाको लागतमा सभाहल, कार्यालय कोठा, किचन, शौचालय रहेको आर सि सि ढलानसहितको सामुदायिक भवन निर्माण गरिएको हो । भुकम्पबाट अति प्रभावितहरुका लागि तमु समाज बेल्जियमले तमु धिं नेपाललाई उपलब्ध गराएको १५ लाख ८६ हजार ९ सय रुपैयासहित तमु धिं नेपालको भुकम्प पीडित राहतकोषबाट उक्त भवन निर्माण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तमु समाज बेल्जियमका अध्यक्ष जीवन गुरुङले भवन निर्माणमा साथ सहयोग गर्ने भवन निर्माण समिति लगायत स्थानीयलाई धन्यवाद दिनुहुदै आफुहरुको राहत रकम अत्यन्त उपयुक्त ठाँउमा लगानी भएको भन्दै खुशी व्यक्त गर्नुभयो । सामुदायिक भवन
समुदायको हित र समृद्धिका लागि पुर्ण उपयोग गर्न आग्रह गर्नुहुदै ढलान माथि ट्रस आवाश्यक रहेको माग लाप्राकबासीको रहेकाले आफुहरुको तर्फबाट पहल हुने आश्वासन दिनुभयो ।
अर्का प्रमुख अतिथि तमु धिं नेपालका महासचिव गिरीप्रसाद गुरुङले महाभुकम्पले अत्यन्तै पिडा दिदा पनि लाप्राकीसँगको साइनोले नयाँ उर्जा थपेको बताउनुभयो । तमु धिं नेपालले स्थापना गरेको भुकम्प प्रभावितहरुका लागि शिविर मार्फत मानविय सेवा सहित संसारभरका नेपालीहरुको भावना जोड्ने माध्यम तमु धिं नेपालको बताउनुभयो । भुकम्प प्रभावितका लागि आवाश्यक भौतिक निर्माण मध्ये लाप्राक गाँउमा सामुदायिक भवन निर्माण गर्न पाउदा संस्थागत सम्बन्ध दिगो रहने विश्वास गर्नुहुदै भवनमा थप गर्नुपर्ने ट्रसका लागि तमु धिं नेपाल श्रोत जुटाउन लागिपर्ने बताउनुभयो ।
तमु धिं नेपालमा द्धितिय उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक हुमबहादुर गुरुङले भुकम्प प्रभावितहरुकै माग अनुसार लाप्राकको म्हनीडाडामा सामुदायिक भवन निर्माण भएको बताउनुभयो ।उक्त रकमबाट खाद्यान्न, लत्ताकपडा, त्रिपाल वितरण भन्दा सामुदायिक आवाश्यकता र दिगोपनका लागि भवन निर्माण गर्नु उचित र आवाश्यकता रहेकाले सामुदायिक भवन तमु समाज बेल्जियम र तमु धिं नेपालको राहतकोषबाट सम्भव भएको बताउनुभयो । आगामी दिनमा भवनमा ट्रसको समेत निर्माण गर्न आफ्नो तर्फबाट सक्दो पहल हुने संयोजक गुरुङले बताउनुभयो ।
यस अघि स्वागत कार्यक्रममा बोल्नुहुदै धार्चे गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष राज गुरुङले लाप्राकीको दुख पीडामा साथ मात्रै होइन सामुदायिक भवन निर्माण गरिदिने तमु समाज बेल्जियम र तमु धिं नेपालप्रति ऋणी रहेको बताउनुभयो ।
तमु धिं नेपाल केन्द्रीय आमा समितिकी सहसचिव बालकुमारी गुरुङले भुकम्प प्रभावितका लागि तमु धिं नेपालद्धारा स्थापित शिविरमा आमाहरुलाई प्राप्त जिम्मेवारी आफुले व्यवहारमा उतारेका मात्रै नभएर एकैघरको परिवारको वातावरण बनाएको बताउनुभयो ।
हिमाली आमा समुहकी अध्यक्ष स्मृति गुरुङले स्वागत गर्नुहुदै पीडामा मल्हमपट्टि लगाइदिने संस्थाहरु लाप्राकीका लागि भगवान नै बनेको बताउनुहुदै निर्मित भवन आफुहरुले पुर्ण सदुपयोग गर्ने बताउनुभयो ।
तमु धिं नेपाल लाप्राक गाउ समितिका अध्यक्ष तथा भवन निर्माण समितिका संयोजक तेजराम गुरुङले भवन निर्माणको आयव्यय र भावी योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।
संयोजक तेजराम गुरुङ अध्यक्षतामा हिमाल गुरुङ र सागर गुरुङको सञ्चालमो सम्पन्न भएको कार्यक्रममा हिमाली आमा समुह, धार्चे मनासलु आमा समुह, पुसुडाडा लाली गुराँस युवा क्लव, लाली गुराँस साँस्कृतिक संग्राहलय लगायतका संस्थाबाट विभिन्न साँस्कृतिक प्रस्तुतिसहित अतिथिहरुलाई खादा र फूलमालाले स्वागत सम्मान गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-