पोखरा, १९ कार्तिक ।
लोक दोहोरी गायक शंकर बिरही गुरुङ र लोक दोहोरी गायिका इन्द्रा गुरुङको नयाँ सालैजो गीत राम्दी पुल पारी भर्खरै मात्र युट्युब मार्फत सार्बजनिक गरिएको छ । गायिका इन्द्रा गुरुङको जन्म स्थान वालिङ नगरपालिका, ३, सिंगारकोट, स्याङ्जामा करन चैसिरद्वारा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन साइ भिजन प्रा. लि., काठमाडौँका निर्देशक प्रकाश भट्टले गरेका हुन् । भिडियो सम्पादन बिष्णु शर्माले गरेको सो गीतमा गुरुङ चलचित्रका नायक खेम गुरुङ र नायिका उर्मिला गुरुङको अभिनय हेर्न सकिन्छ । शंकर बिरही गुरुङ र इन्द्रा गुरुङको आवाज, सालैजोका सर्जक राजु गुरुङको लय र शंकर बिरही गुरुङको शब्दले सजिएको छ ।
माया प्रेमलाई नै मुख्य बिषय बस्तु बनाएर लेखिएको गीतमा संकलक शंकर बिरही गुरुङले गीतमा राम्दी पुल, स्याङ्जा, मार्सी धान, लाँकुरी, बेसी, जुनकिरी जस्ता शब्दहरु प्रयोग गरि मौलिकता झल्काउने प्रयास गरेका छन् । मालश्री रेकर्डिङ् स्टुडियो प्रा. लि. काठमाडौँ र डिजिटल स्टार रेकर्डिङ् स्टुडियो प्रा. लि., पोखरामा राजेन्द्र बाजुराली र तारानाथ आचार्यद्वारा रेकर्डिङ् गरिएको यस गीतको संगीत संयोजन बिनोद बाजुरालीले गरेका हुन् भने ध्वनि सम्पादन खडग बाजुरालीको रहेको छ ।
गीतका गायक शंकर बिरही गुरुङ र इन्द्रा गुरुङ लामो समय देखि नेपाली लोक दोहोरी गीति क्षेत्रमा क्रियाशिल गायक, गायीका हुन् । उनिहरु दुवैले हाल सम्म दर्जन बढि गीतहरुमा स्वर दिइसकेका छन । शंकर विरही हाल राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल, गण्डकीका अध्यक्ष र गायिका इन्द्रा गुरुङ राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल, गण्डकीकी सदस्य छिन ।
म्युजिक भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ः https://www.youtube.com/watch?v=4GJQrz-Ux7w
प्रतिक्रिया लेख्नुहोस्:-