पोखरा, ११ मंसिर
दोश्रो चरणको प्रतिनीधि सभा र प्रदेशसभाको निर्वाचन नजिकिदै जादा राजनीतिक पार्टी र उमेदवारहरुले चुनावी प्रचारलाई तिव्रता दिइरहेको छ । यसैक्रममा संघीय समाजवादी फोरम कास्की क्षेत्र नं. १(२) अन्र्तगत सोमवार मादी गाउपालिका वडा नं. ३ याङ्जाकोटमा घरदैलो र सभा सम्पन्न गरेको छ ।
कोणसभामा सम्बोधन गर्नुहुदै संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष तथा प्रदेश सभा सदस्यका समानुपातिक उमेदवार दिपक तामाङले नयाँ नेपाल परिवर्तनशील बैकल्पिक शक्ति संघीय समाजवादीबाट मात्रै सम्भव रहेको बताउनुभयो ।
उहाँले नयाँ नेपाल पुरानो पार्टी र नेताहरुबाट सम्भव छैन, समृद्ध नेपाल निर्माणको बैकल्पिक नीति, कार्यक्रम सहित क्रियाशील संघीय समाजवादी फोरमको मसाल चिन्हमा मतदानबाट मात्रै सम्भावना रहेको दावी गर्नुभएको हो । पटक पटक जनतालाई झुक्याउनेहरुलाई भोट हाल्नु बेइमानलाई साथ दिनु हो भन्नुहुदै बेइमानलाई होइन जनताका इमान्दार सेवकहरुलाई मसाल चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
प्रतिनीधि सभाका सदस्य उमेदवार मनबहादुर गुरुङ निर्वाचनको बेला सक्षम व्यक्ति, उचित ठाँउमा, जनताको मुद्धा उठाउने विश्वासी पात्रलाई छान्नुपर्ने बताउनुभयो । उहाँले संघीय समाजवादी फोरमका उमेदवारहरुबाट मात्रै जनताको अधिकार र समृद्ध नेपालको अपेक्षा गर्न सकिने भएकाले मसाल चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
प्रदेश सभाका सदस्य उमेदवार कासीमाया गुरुङले सयौं वर्षदेखिको विभेदको अन्त्य र सबै जनताको समान अधिकारका लागि आफुहरु क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
फोरमका बैकल्पिक केन्द्रीय सदस्य हुमबहादुर गुरुङले सत्तामा रहदा जनताका आवाजको सम्बोधन नगर्ने, विकासलाई ध्यान नदिने तर चुनावका बेलामा विकासको आश्वासन बाड्ने ठग उमेदवारहरुलाई मतदाताहरुले चिन्न सक्नुपर्ने बताउनुभयो । पटक पटक जिताएका प्रतिनीधिहरुले योजा नासको पहिचान मेटाउदै याञ्जाकोट हुदै थुमाकोडाडा, मादी बनाउनेहरुदेखि सावधान रहदै पहिचान र अधिकारका पक्षमा मसाल चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सई रुद्रबहादुर गुरुङ र सुकलाल गुरुङले पनि मन्तव्य व्यक्त गर्नुहुदै मतदातालाई सचेत हुन आग्रह गर्नुभएको थियो ।
यसैविच बलबहादुर गुरुङको संयोजकत्वमा ९ सदस्यीय ससफो याञ्जाकोट चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा मोहन गुरुङ, रोशन गुरुङ, युवराज गुरुङ, सरद गुरुङ, राज गुरुङ, राजन विक, लालबहादुर परियार र पार्वती परियार रहनु भएको छ । नवगठित समितिलाई प्रतिनीधिसभा सदस्य उमेदवार मनबहादुर गुरुङले माला लगाएर बधाई ज्ञापन गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-