दमक १३ मंसिर
पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको दमकस्थित शान्तिमार्गमा आज अपराह्न भएको दुर्घटनामा ५ जना घाइते भएका छन् ।
बाटो काट्दै गरेको को ३० प ९९१४ नम्बरको स्कुटर, पुर्वबाट पश्चि तर्फ जादै गरेको को १७ प ८५९६ नम्बरको मोटरसाइकल र साइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । घाईते हुनेमा मोटरसाईकल चालक धरान १६ बस्ने ४७ बर्षिय नविन्द्रकुमार राई र मोटरसाईकलको पछाडि बसेका सप्तरी धरमपुरका ३४ बर्षिय अर्जुन ठकुरी रहेका छन् । त्यसैगरि साईकलमा सवार मोरङ टाडीकी १८ वर्षीया सुसिला राई, दमक ४ की १७ वर्षीया मधु शाह र स्कुटिमा सवार दमक ९ कि ४३ वर्षीया भद्रकुमारी श्रेष्ठ घाईते भएका हुन् । साईकलमा सवार सुसिला राईको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ५ जनाको दमकस्थित लाईफ लाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-