२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

दोस्रो चरणको निर्वाचनको मिति नजिकिएसँगै झापामा सुरक्षा चुनौती

दैलो न्युज दैलो न्युज
मंसिर १४, २०७४ ०८:०४ मा प्रकाशित
ShareTweetPin

दोस्रो चरणको निर्वाचनको मिति नजिकिएसँगै पूर्वी सीमानाकासँग जोडिएको जिल्ला झापामा सुरक्षा चुनौती बढ्न थालेको छ । भारतसँग सीमा जोडिएको यहाँ सुरक्षा निकायले आन्तरिक र वाह्य दुबै चुनौती चिर्नुपर्ने देखिन्छ ।
निर्वाचनको तयारी तीव्र भइरहँदा झापामा एकपछि अर्काे गर्दै बम विस्फोट गराउन थालिएको छ । स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको त भनेको छ तर बम आतंक कम भएको छैन । उम्मेदवार र मतदान केन्द्रको सुरक्षाका साथै सीमा क्षेत्रमा निगरानी बढाइएको छ । केही दिनअघि दमकस्थित एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको घरको गेट र नेपाली कांग्रेसका जिल्ला सभापति तथा क्षेत्र नम्बर–२ का उम्मेदवार उद्धव थापाको गाडीमा चुनाव विरोधीहरुले बम विस्फोट गराए । सो घटनाका दोषीलाई पक्रन पाउँदा नपाउँदै फेरि सोमबार राति नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री कृष्ण सिटौलाको घरको पर्खालमै बम विस्फोट गराइयो । लगातार विस्फोट गराउन थालिएपछि अहिले पूर्वी नाकामा तालिमप्राप्त कुकुरको सहायताले सवारी चेकजाँच थालिएको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले झापामा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विष्णुकुमार केसीले जानकारी दिनुभएको छ ।

निर्वाचन विरोधी गतिविधि गर्नेमाथि विशेष निगरानी गर्नुका साथै केहीलाई नियन्त्रणमा लिइएको छ । निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा झापामा हालसम्म २० जनालाई पक्राउ गरिएको छ । सुरक्षा व्यवस्था चुस्त बनाउन आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको छ । निर्वाचनमा आवश्यकतानुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएका छन् । झापाका २८३ मतदानस्थलमध्ये ४९ मतदानस्थल अतिसंवेदनशील मानिएको छ भने १०५ मतदानस्थल संवेदनशील र १२१ सामान्य मानिएको एसपी केसीले जानकारी दिनुभयो । निर्वाचनअघि प्रशासनले हतियार बुझाउन आह्वान गरेपनि इजाजत लिएर राखिएका हतियारहरु अझै बुझाइएका छैनन् । पटक–पटक सूचना गर्दा पनि अहिलेसम्म १७ ओटामात्र हतियार विभिन्न प्रहरी इकाइमा प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वैधानिकभन्दा पनि चुनाव भाँड्ने नियतले प्रयोगमा ल्याइने हतियार र यत्रतत्र बम राख्नेहरु झापाका लागि चुनावी चुनौती देखिएकाले सुरक्षा चासो र निगरानी अझै बलियो बनाउनु जरुरी देखिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us