पुस ३, धनकुटा
प्रदेश नं. १ को राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै धनकुटा बासीका जिल्लाबासीले सोमबार धनकुटा बन्द गराएका छन् । आईतबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेर सरकारलाई ज्ञापन बुझाएका धनकुटाबासीले सोमबार बिहानैदेखि बजार बन्द गराएका हुन् । बजारका पसल पूर्ण रुपमा बन्द भएका छन् भने धनकुटा भएर चल्ने लामो तथा छोटो दुरीका सवारी साधान पनि चलेका छैनन् । यातायातका साधन नचल्दा धनकुटा हुँदै तराई तथा भोजपुर, संखुवासभा र तेह्रथुम लगायतका जिल्ला जाने सावारीसाधन ठप्प छन् ।
सरकारी सवारी साधान समेत बन्दकर्ताले चल्न दिएका छैनन् । सुरक्षाकर्मी सवार गाडी र एम्बुलेन्सलाई भने सहज रुपमा चल्न दिएको आन्दोलनको नेतृत्व गरिरहेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले जानकारी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-