दमक, पौष ५ ।
मेचि अञ्चलमै पहिलो पटक बोधि मेन्टल हेल्थ एण्ड थेरापी सेन्टर दमकमा सुरु भएको छ ।
आज दमकमा मेन्टल हेल्थले पत्रकार सम्मेलन गरि मानसिक स्वास्थ्य सम्बन्धि परामर्श, तथा थेरापि दिन सुरु गरेको जनाएको छ । भविष्यमा दमकमा मेन्टल अस्पतालको नै संचालन गर्ने लक्ष्यका साथ मेल्नटल हेल्थ एण्ड थेरापी सुरु गरिएको बरिष्ठ मनोचीकित्सक शालिकराम भट्टराईले जानकारी दिनु भयो । हाल नेपालको कुल जनसंख्याको २५ देखी ३० प्रतिशत मानीसमा मानसिक स्वास्थ्य समस्या रहेकोमा पूर्वको झापा र इलाममा त्यो संख्या बढि रहेको डां भट्टराईले बताउनु भयो । मेचि अञ्चलमा अहिले पनि दैनिक १ जना मानीस मानसिक स्वास्थ्य समस्याका कारण मृत्यू हुने गरेको पनि डां भट्टराईले बताउनु भयो ।
प्रतिक्रिया लेख्नुहोस्:-