दमक/ पुस ७
झापाको दमक स्थित लाईफल लाइन अस्पतालमा बिहिवार भएको घटना निष्कर्षमा पुर्याइएको छ । फाकतेप पाँच पाँचथरकी २८ वर्षीष निर्माला फियाककको लाइफ लाईन अस्पतालका चिकित्सकको लापर्वाहिका कारण मृत्यू भएपछि अस्पताल प्रशाषन र पीडीत पक्ष बिच मद्यरातमा सहमती भएको छ ।
बिहिवार साँझ नै अस्पतालमा प्रारम्भिक छलफल भएपनि पीडीत र अस्पताल पक्षबिच कुरा नमिलेपछि इलाका प्रहरी कार्यालयमा छलफल गरिएको थियो । मद्यरात सम्मको छलफलमा अस्पताल प्रशाषनले मृतकको परिवारलाई पााँचलाख रुपैया दिने सहमती भएपछि वार्ताले पूर्णता पाएको हो ।
वार्तामा मृतकका दुई सन्तानमद्ये कुनै एक जनालाइ लाफइलाईनमा पढाई हुने जुनसुकै बिषय निशुल्क पढाइदिने र दुवै जनालाई आजिवन निशुल्क स्वाथ्य सेवा दिने सहमती समेत भएको जनाइएको छ ।
गत माघ २ गते प्रसुती गराउन ल्याएको बिरामीको सफल सल्यक्रिया भएपनि किट्नीमा समस्या देखीएपछि अस्पतालले दोस्रोपटक समेत सल्यक्रिया गरेरको हुँदा बिरामीको बिहिवार मृत्यू भएको मृतकका परिवारले अस्पताललाई आरोप लगाएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-