काठमाडौ/ पुस ९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित दुई कर्मचारी सहित तीन जनालाई पक्राउ गरेको छ ।
आयोगको टोलीले बागमती यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत नायब सुव्वा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई पक्राउ गरेको हो । उनीहरुले सेवाग्रहीबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्वन्धि काम गरिदिने भन्दै ३२ हजार रुपैयाँ घुस लिइरहेका बेला पक्राउ गरेको अख्तियारले जनाएको छ । त्यस्तै सवारी चालक अनुमतिपत्र दिलाईलिन मध्यस्तकर्ताको भूमिका खेल्ने कार्की अनलाईन सेन्टरका सञ्चालक अशोक कार्कीलाई पनि अख्तियारले पक्राउ गरेको हो । पक्राउलाई अख्तियारले हिरासतमा राखी आवश्यक कारवाही अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-