मोरङ, पुस ११ पैदल यात्रीलाई ठक्कर दिएर भाग्ने क्रममा बसमा ठोक्किएर मोटरसाइकल चालक घाइते भएका छन् ।मोरङको सुन्दर हरैचा नगरपालिका–९ बुधबारे चोकमा मंगलबार पैदलयात्रीलाई ठक्कर दिएर भाग्दै गरेको मोटरसाइकल बसमा ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् ।प्रहरीका अनुसार बिहान साढे ५ बजे पैदलयात्री स्थानीय ६० वर्षीय ललितबेघा लिम्बुलाई ठक्कर भाग्दै गरेको मे २ प ५७०१ नम्बरको मोटरसाइकल को १ ख २१६४ नम्बरको बसमा ठोक्किएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक इलामको इलाम नगरपालिका ८ तिल्केनीका ३० वर्षीय सोवित राईको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।मोटरसाइकलको ठक्करबाट सामान्य घाइते पैदलयात्री लिम्बुको भने सुकुना सामुदायिक अस्पताल विराटचोक मोरङमा उपचार भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-