झापा, १४ पुस । झापाको कमल गाँउपालिका स्थित पाँडाजुगीमा सेफटी टयाङकी बनाउने क्रममा इट्टाले लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।
कमल गाँउ पालिका—५ का हेमराज कार्कीको घरको सेफटी टयाकी बनाउने क्रममा विहान करिब ८ बजे भारत घर भएका अन्दाजी ४५ वर्षका राजानन्द सरदारलाई इट्टाले टाँउकोमा लागेको थियो ।
इट्टाले लागेर गम्भिर घाइतेभएका सरदारलाई उपचारलागी दमकस्थित लाइफ लाइन अस्पताल लिगएको थियो । सरदारको उपचारकै क्रममा लाईफ लाइन अस्पतालमा मुत्यृु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-