सुरुङ्गा , पुस १५ ।
झापाको दमकमा रहेको सडक डिभिजन कार्यालयको सरकारी त्यहाँका कर्मचारीले दुरुपयोग गरेका छन् । आज शनिवारका दिन सार्वजनिक बिदा भएपनि कार्यालयका कर्मचारीले बनभोज खान जाने क्रममा उक्त गाडीको दुरुपयोग गरेका हुन । बा १ झ ३६८ नम्वरको को गाडिमा दमकको एक मासु पसलबाट मासु किनेर जामुनखाडी लगिएको हो ।
उक्त गाडि ५ जना कर्मचारी र बनभोजलाई आवश्यक पर्ने बिभिन्न सामाग्रीले भरिएको थियो । कन्काई नगरपालिका स्थित जामुनखाडीमा बनभोज खान जाने क्रममा उक्त गाडिको दुरुपयोग गरिएको पाइएको हो ।
सार्वजिनक बिदाकादिन कुनैपनि सरकारी कार्यालयले सवारी सरकारी सवारी साधान चलाउन आवश्यक परेमा जिल्ला प्रशाषन कार्यालयवाट अुनमति सहितको पास लिन आवश्यक छ तर दमकको सडक डिभिजन कार्यालयले भने बिना अनुमति आफ्नो रमाईलोका लागि सरकारी गाडिको दुरुपयोग गरेको हो ।
जामुनखाडिमा पार्किङ गरेर राखीएको उक्त गाडी पत्रकारले भिडियो र फोेटो खिच्न थालेपछि त्यसको केहि बेरमै त्यहाँवाट हटाइएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-