मोरङ , १६ पुस । देशभर महिला हिंसाका घटनाहरु बृद्धि भईरहेका छन । मोरङ जस्तो सुगम र बिकसित जिल्लामा दैनिक रुपमा जस्तोमहिला हिंसाका घटना भईरहेका छन । कतै दाईजो नपाएको निहुँमा त कतै खराब आचारण भएको र समाजमा बिकृति फैलाएको निुहँमा दैनिक महिला हिंसाका घटना बद्धि हुँदै गएको छ । मोरङको उर्लाबारीमा दाईजो नल्याएको निहुमा एक महिला आफै श्रीमान र घरपरिवारबाट घरनिकाला गरिएको घटना नसेलाउँदै मोरङको रंगेली नगरपालिका ५ स्थित आमगाछीमा एक महिलामाथी स्थानीय नेताकै निर्देशनमा गाउँका सबै मिलेर कुटपिट र दुब्र्यवहार गरेका छन ।पुस १४ गते दिउँसो (बसन्तीदेवि) नाम परिवर्तन लाई स्थानीय नेताकै अगुवाईमा मरणासन्न हुने गरी कुटपिट मात्र गरिएन । कुटपिटपछि उनलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएर गाँउनिकाला समेत गरियो । महिलाका श्रीमान बैदेशिक रोजगारीका रहेका बेला स्थानीय राजकुमार ठाकुरसँग प्रेमसम्बन्ध गाँसी दोस्रोबिवाह गरेकी ती महिलाका ३ सन्तान रहेका छन । केहीदिन अघि घर आएका ती जोडीलाई लाई गाउँलेहरुले कुटपिट गरे । कुटपिटबाट सख्त घाईते उनी उपचाररत रहेकी छिन । समाजमा बिकृति फैलाएको भन्दै ति महिलामाथि कुटपिट भयो ।महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ओरेक नेपालको बिराटनगर कार्यलयमा मुल्यांकन तथा अनुगमन अधिकृतका रुपमा काम गर्दै आएकी शोभा बजगाँईका अनुसार यस आर्थिकबर्षमा मात्र मोरङमा २ सय ४३ वटा महिला हिंसाका घटना भएका छन । जसमा ५०प्रतिशत बढी घरेलु हिंसाका घटना भएकाछन । ओरेकले बिराटनगरमा सेफ हाउस नै सञ्चालन गरेर हिंसा पिडितहरुलाई न्यायको लडाई लडिररहेको छ ।यसरी दैनिक रुपमा बिभिन्न बहानामा महिला हिंसाका घटनाहरु बृद्धि भईरहेका छन । हिंसा बिरद्धको १६ दिने अभियान सम्पन्न भएको एक साता पनि नबित्दै मोरङमा भएका यी ठुला दुईवटा घटनाले महिलाहिंसा बिरुद्ध अभियान चलाईरहेका हरुलाई समेत चुनौति थपिदिएको छ । यस्ता हिंसाका घटना न्युनीकरणका लागी सबै एकजुट हुन जरुरी देखिन्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-