२ माघ । मोफसलकै सबै भन्दा पुरानो गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघको तेस्रो सातादेखि हुने भएको छ । नेपालको फुटबलको इतिहास बोकेको गोल्डकप आगामी माघ २० देखि २७ गते सञ्चालन हुने आयोजक धरान फुटबल क्लबले आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । क्षेत्रीय रंगशाला धरानमा निर्माण गनुपर्ने दबाब सिर्जना गर्दै यस पटकको २० औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको आयोजना गर्न लागिएको आयोजक क्लबका अध्यक्ष एवम् एन्फा उपाध्यक्ष किशोर राईले जानकारी दिनुभयो । प्रतियोगितामा १० टिमले सहभागिता जनाउने छन् । अहिलेसम्म ९ टिमको सहभागिता निश्चित भएको आयोजकले जनाएको छ । यसपटक विभागीय दुई टिम नेपाल पुलिस र शसस्त्र प्रहरी, एडिभिजन क्लबका मनाङ्ग मस्र्याङदी, संकटा, थ्रिस्टारको सहभागितासँगै अण्डर १९ राष्ट्रिय नेपाली टिम र आयोजक धरान फुटबल क्लबको समेत सहभागिता रहनेछ भने अन्तर्राष्ट्रिय टिममा बंगलादेशको धनमुन्दी क्लब, भारत कलकत्ताको गरिफा फुटबल क्लबले समेत प्रतियोगितमा भाग लिने निश्चित भएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-