दमक | नेपाली चलचित्रको क्षेत्रमा पछिल्लो समय निकै चर्चा कमाउन सफल नेपाली कथानक चलचित्र ‘नाइ नभन्नु ल’ ले प्रर्दशकहरुको अत्याधिक माया र समर्थन पाएपछि पाँचौ संस्करणको ‘नाइ नभन्नु ल ५’ निर्माण हुने भएको छ ।
यस अघि रिलिजभएका सवै चलचित्रले एक से एक सफलता हासिल गरेपछि निर्माण पक्षले अब पाँचौ स्करण निर्माण गर्न लागेको हो । यो सस्करणमा नायकको मुख्य भूमिकामा अनुभव रेग्मी रहने भएका छन ।
यस चलचित्रमा डेब्यू गर्दैछन झापा दमककी सेड्रिना शर्मा । शर्मा दमकस्थित संगम स्वीट्सको प्रोपाइटर एवंम् सामाजिक ब्यत्तित्व संगम शर्माकी छोरी रहेकी छन ।
१२ वर्षिय सेड्रिना विकाशराज शर्माले निर्माण गर्नलागेको यस चलचित्रको मुख्य नायिकाको भूमिकामा देखिने भएकी छन । सेड्रिनाले सानो उमेर देखिनै अभिनयमा रुचि राख्ने गरको बुबा संगम शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-