६ माघ, झापाा । २८५४ औं साेनाम ल्होछार झापाको शिवशताक्षीमा पनि मनाइएको छ । नेपाल तामाङ घेदुङ सघंले आयोजना गरेको सोनाम ल्होछारमा शिवसताक्षी सहित आसपासका तामाङहरुले आफ्नो भेषभुषामा सजिएर बिभिन्न सास्कृतीक प्रस्तुती प्रस्तुत गरेका थिए । शिवशताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा प्रमुख अतिथी रहनु भएको साेनाम ल्होछार कार्यक्रममा बौद्ध धर्मवालम्विका ताम्वा अर्थात पुजारी रानदल गोलेलाई सम्मान पनि गरिएको थियो । लोप हुँदै गरेको ताम्वा पेषाको संरक्षण र प्रबर्धनमा योगदान पुर्याएकोले गोलेलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-