दमक/ माघ ९
झापाको कमल गाउँपालिका वडा नं ४ का ललित घिसिङको मृत्यू भएको छ । घिसिङको मुखमा क्यान्सर भएर समयमा उपचार गराउन नपाएर मृत्यू भएको परिवार श्रोतले बताएको छ । घिसिङको मृत्यू भएपछि पाँच जना छोराछारी सहितको घिसिङ परिवारमा थप संकट आईलागेको छ ।
दिनभरि काम गरेर बालबच्चा पाल्ने, काम नगरि खान नपुग्ने, केहि गर्नैपरे आफ्नै पसिना बेच्नु पर्नै, त्यो अवस्थामा रहेका घिसिङ परिवारलाई झन् चोटमाथि चोट थपिएको छ । झापा कमल गाउपालिका वडा नम्बर ४ का ललित घिसिङ मुखमा क्यान्सर भएपछि आर्थिक समस्याका कारण थप उपचार गराउन नपाएर यो संसारबाट बिदा भए । घिसिङ परिवारमा ललितको मृत्यू पछि थप संकट आईलागेको मृतक ललितकी दिदि देवीमाया तामाङ बताउनु हुन्छ । ‘ भाईकै कारणले घरमा चुल्हो बल्थ्यो अव त यहाँ झन बिजोग हुने भयो ।’ दिदि देवीमायाले भन्नु भयो ।
आार्थीक अवस्था अत्यन्तै कमजोर रहेको ललितको परिवारमा उनको मृत्यूपछि अव बिहान बेलुका के खाने भन्ने अर्को समस्या निम्तीएको छ । बनिबुतो गरेर ७ जनाको परिवार पालेका ललित नै नरहेपछि परिवारको थप बिजोग भएको हो । छिमेकी हर्क सुब्बा भन्नुहुन्छ ‘ बाचुन्जेल त सबैको आस हुन्छ तर यो परिवारको आस गरेको ब्यक्तिकै सास गयो । ’ घिसिङ परिवारमा ललितको मृत्यूले थप समस्या निम्ताएको सुब्बाको भनाई छ ।
कलिला छोराछोरी । जो भर्खर कखरा सिक्दैछन् । मृतक ललितकी श्रीमती गोमा पनि सुस्त मनस्थिती रहेकोले घिसिङ परिवारमा दुई छाक टार्नै मुस्किल पर्ने अवस्था सृजना भएको ललितकी भान्जी लक्ष्मि तामाङ बताउनु हुन्छ । ‘ अरु भन्दा पनि पाँच जना छोराछोरीको भविष्य अन्धार हुने भयो , उनीहरुले राम्रो शिक्षा समेत नपाउने भए ।’ भान्जी लक्ष्मिले ललितका पाँच जना छोराछोरीलाई कसैले पढाउन सहयोग गरिदिन आग्रह गर्नु भएको छ ।
गत पुस ३० गते ललित घिसिङले आर्थीक अवस्था कमजोर भएका कारण उपचार गराउन नसकेको समाचार हामीले प्रकाशन गरेपछि केहि आर्थीक सहयोग प्राप्त भयो र हुने क्रममै छ । तत्कालका लागि रोजगारीका लागि मलेसियामा रहनु भएका काभ्रेका राजिव मोक्तानले किरिया खर्च स्वरुप १० हजार रुपैया पठाइदिनु भएको छ ।
त्यसैगरि झापा लक्ष्मीपुर घर भई हाल बैदेशिक रोजागरीका क्रममा साउदी अरबमा रहनुभएका छिरिङ दोर्जे मोक्तानले मृतक घिसिङका परिवारलाई आफु बिदेशमा बसुञ्जेल मासिक ५ हजार रुपैया उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । यसैगरि झापा भद्रपुर घर भई हाल अष्ट्रेलियामा रहनुभएका अनिल मैनालीबाट ५ हजार ६ सय रुपैया प्राप्त भयो । हामीले प्राप्त रकम घिसिङ परिबारका घरमा पुगेर हस्तान्तरण गरेका छौं । आर्थिक सहयोग संकलन गर्न सहयोग गर्ने सहयोगी हातहरुप्रति कृतज्ञता ।
प्रतिक्रिया लेख्नुहोस्:-