१० माघ । नुवाकोटको म्यागङ गाउँपालिका वडा नं-२ बुङताङ स्थित बर्चेतमा बृहत सोनाम ल्होछार सांस्कृतिक महोत्सव हुने भएको छ । ज्यिन्ल्हप ब्योन छोग तथा बोमोताङ्ग बर्चेत- काठमाडौं समाजले तामाङ समुदायको महान राष्ट्रिय सांस्कृतिक पर्व २८५४ औं सोनाम ल्होछार (खि ल्हो/नागी, कुकुर बर्ग ) को अवसर पारेर आयोजना गर्न लगिएको कार्यक्रमको तयारी तीब्र रुपले भैरहेको छ र लगभग तयारी पूरा भएको बृहत ल्होछार सांस्कृतिक महोत्सव आयोजक समितिले जनाएको छ ।
“सोनाम ल्होछारको प्रबर्द्धन हाम्रो सांस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान ” भन्ने मुल नाराको साथ भोलि माघ १२ र १३ गते हुने सोनाम ल्होछार बृहत साँस्कृतिक महोत्सवको प्रमुख अतिथिमा माओवादी केन्द्रका केन्द्रिय सचिबालय सदस्य, तामाङ घेदुङका केन्द्रिय सल्लाहकार तथा नुवाकोट १ प्रतिनिधि सभा सदस्य हित बहादुर तामाङ, विशेष अतिथिहरुमा नेपाल तामाङ घेदुङ नेपालका केन्द्रिय उपाध्यक्ष अजितमान तामाङ, नुवाकोट २ प्रतिनिधि सभा सदस्य नारायण खतिवडा , नुवाकोटका प्रदेश सभा सदस्यहरु राधिका तामाङ , केशव पाण्डे , हिरानाथ खतिवडा र अतिथिहरु म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ , म्यागङ-२ बुङताङ्का वडा अध्यक्ष रुप बहादुर तामाङ , म्यागङका अन्य वडा अध्यक्षहरु, तथा माओवादी केन्द्र नुवाकोटका युवा नेता एवम् तामाङ घेदुङ नुवाकोटका जिल्ला अध्यक्ष जयमान वाईबा तामाङ रहने आयोजक संस्थाका सल्लाहकार सुक सागर तामाङले जानकारी गराए ।
बृहत साँस्कृतिक महोत्सवमा चर्चित तथा ख्यातिप्राप्त म्हेन्दोमाया तथा अन्य गायक गायिका तथा कलाकारहरु हेम वाईबा, किर्ती तामाङ ,लक्ष्मी स्याङतान , मुसाङ दोर्जे लामा,गोपाल घले , बिश्व पासा, बिना घले, सुरेन्द्र लामा, रामकृष्ण तामाङ , तुलु तामाङ , पप तथा आधुनिक गायक एवम स्वर सङग्राम बिजेता ध्रुव तामाङ , शैलेश शाही , चर्चित मोडेलहरु एन्जिला वाईबा तामाङ , मिना लामा र मुन्न घले लगायत अन्य स्थानीय कलाकारहरुले बेजोड प्रस्तुति दिएर कार्यक्रममा उपस्थित सबैमा भरपुर मनोरञ्जन प्रदान गर्ने भएका छन् ।
म्यागङ-२ बर्चेत गाउँको खेल मैदानमा हुने बृहत कार्यक्रममा ल्होछार सम्बन्धि स्थानीय कला संस्कृतिको प्रदर्शनी तथा अन्तरक्रिया , लामा बोन्बो प्राचीन सांस्कृतिक साईकोले, म्हेन्दोमाया म्हानेदोरा नाच प्रस्तुती एवम् मौलिक खाना तथा पोशाकको प्रदर्शनी ल्होछार महोत्सवको मुख्य आकर्षणहरु हुनेछन् ।
साथै उक्त सोनाम ल्होछार बृहत साँस्कृतिक महोत्सवको मिडिया पार्टनरमा टिभि त्रिशुली र तामाङ कल्चर रहेको छ ।
तामाङ समुदायको महान राष्ट्रिय पर्व २८५४ औं सोनाम
ल्होछारको अवसरमा आयोजना गर्न लागिरहेको बृहत साँस्कृतिक महोत्सवमा सहभागी भई कार्यक्रम भब्य एवम् सब्य रुपमा सफल परिदिनका लागि सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनी ,विभिन्न संघ संस्थाका प्रतिनिधि तथा पदाधिकारी , समाजसेवि, बुद्धिजीवी र पत्रकारलाई उपस्थितिको निम्ति आयोजक ज्यिन्ल्हप ब्योन छोगले अनुरोध गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-