१२ माघ , मोरङ । मोरङको उर्लावारी ६ निवासी २४ वर्षीया मनकुमारी दर्जीलाई राहत हस्तान्तरण गरिएको छ ।
मुटुमा परेको भल्व फेर्नु पर्ने भएपछि आर्थीक अवस्था कमजोर भएर थलिएर बस्नु भएकी दर्जीलाई आर्थीक संकलन गरि राहत हस्तान्तरण गरिएको हो । नेप्लिज टिन्स दमकले केहि दिन अघि दमकमा चिया बाँढेर र बिभिन्न ठाउमा गएर चन्दा संकलन गरि आर्थीक सहयोग संकलन गरेको थियो ।
दमक, पथरी र गौरिगञ्जका बिभिन्न ठाउँमा बिभन्न कार्य गरि ५७ हजार ३ सय ७९ रुपैयाँ संकलन गरि पीडितकी हजुरआमा कृष्णमाया राईलाई हस्तान्तरण गरिएको थियो ।
उर्लावारी ६ का वार्ड अध्यक्ष चिन्तामणी पौडेलको उपस्थितीमा नेप्लिज टिन्सको समुहले राहत हस्तान्तरण गरेको हो । पीडित मनकुमारीलाई हाल उपचारका लागि काठमाडौ लगिएको हजुरआमा कृष्ण राईले जानकारी दिनु भयो
प्रतिक्रिया लेख्नुहोस्:-