१३ माघ । काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका-१ स्याउरिमा २८५४ औं सोनाम ल्होछार कार्यक्रम एक भब्य समारोहका बिच सम्पन्न भएको छ ।
रोशी गाउँपालिका प्रमुख डिबि लामाको प्रमुख अतिथ्यमा सम्पन्न भएको उक्त ल्होछार सांस्कृतिक कार्यक्रममा बिशेष अतिथी पुर्व तथा संस्थापक साउदी घेदुङ अध्यक्ष एवम् नेपाल तामाङ घेदुङ नेपालका केन्द्रिय सदस्य बिगेन्द्र सिह वाईबा तथा अन्य अतिथिहरुमा गाउँपालिकाका समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
रोशी गाउँपालिकाको स्याउरी,पटुवाल र पांगु तीन गाउँ मिलेर सयुक्त रुपमा ल्होछार समारोहको आयोजना गरिएको ल्होछार सांस्कृतिक समारोहमा चर्चित राष्ट्रिय कलाकारहरु विशाल काल्तान, जितु लोप्चन, अस्मा लोप्चन, प्रयास दोङ, उद्घोशिका मिकसाङ वाईबा लगायत स्थानीय कलाकारहरुको प्रस्तुतीले कार्यक्रममा रौनकता संगै उपस्थिति सबैले मनोरञ्जन लिएका थिए ।
तामाङ समुदायको महान राष्ट्रिय सांस्कृतिक पर्व २८५४ औं सोनाम ल्होछार (खि ल्हो/नागी, कुकुर बर्ग ) अवसरमा देश तथा बिदेशमा विभिन्न भब्य कार्यक्रम गरि तामाङ समुदायले सोनाम ल्होछार मनाइदै आइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-