२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

प्रदेश २मा मुख्यमन्त्री फोरम, सभामुख राजपा

दैलो न्युज दैलो न्युज
माघ १४, २०७४ ०५:१७ मा प्रकाशित
प्रदेश २मा  मुख्यमन्त्री फोरम, सभामुख राजपा
ShareTweetPin

प्रदेशसभा निर्वाचनमा साझा उम्मेदवारी दिई स्पष्ट बहुमत ल्याएका मधेसवादी गठबन्धनले सिट बाँडफाँट गर्दै सरकार निर्माणको खाका बनाउन जुटेका छन् ।संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको मधेसवादी गठबन्धन प्रदेश २ मा प्रदेश सरकार निर्माणको तयारीमा जुटेका छन् ।  आजको राजधानी दैनिकमा खबर छ ।

मुख्यमन्त्री र सभामुखमा दुवै दलले एक–एक जिम्मेवारी लिनेगरी सरकार गठन हुने तयारीमा दुवै दलका नेता जुटेका छन् । तर, सो सम्बन्धमा अन्तिम निर्णय गर्न भने बाँकी छ । दुवै पार्टीका शीर्ष नेताबीच प्रदेश सरकारको खाका बनाउने विषयमा तयारी भइरहेको नेताहरूले बताए ।

प्रदेश २ को प्रदेशसभा बैठक २१ माघमा बोलाइएको छ । बैठक बोलाएसँगै नेताहरू सरकार गठनको आन्तरिक तयारीमा जुटेका छन् । प्रदेशसभाको बैठकसँगै सरकार निर्माणको प्रक्रिया पनि सुरु भएकाले सोको अग्रिम तयारीमा नेताहरू जुटेका छन् ।

संविधानमा व्यवस्था भएअनुसार प्रदेश सांसदको निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र प्रदेश सरकार गठन गर्नुपर्नेछ । निर्वाचन आयोगले ३ माघमा नै प्रदेशसभाका समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशित गरिसकेको छ ।

प्रदेश २ मा १०७ सांसद संख्या छ । जसमा फोरम नेपालले २९ र राजपा नेपालले २५ सिट जितेको छ । दुवै पार्टीको सिट संख्या मिलाउँदा स्पष्ट बहुमतसहितको सरकार निर्माण हुन्छ । सरकार निर्माणका लागि स्पष्ट बहुमत आएसँगै दुवै दलका नेता जिम्मेवारी बाँडफाँटको तयारीमा जुटेका छन् ।

फोरम नेपालका महासचिव रामसहाय यादवले मधेसवादी गठबन्धनमा रहेका दुवै दलले पाएको सिट संख्याकै आधारमा जिम्मेवारी भागबन्डा हुने बताए । फोरमले मुख्यमन्त्री र राजपा नेपालले सभामुख पाउनेगरी भागबन्डा हुने उनले बताए ।

ताजा जनादेशअनुसार फोरम र राजपा नेपालले सहमतिमै प्रदेश २ मा सरकार गठन गर्ने उनले बताए । साझा उम्मेदवारी दिएर निर्वाचनमा सहभागी भएको बताउँदै उनले दुवै दलको सहमतिमै सरकार निर्माण गर्ने बताए ।

राजपा नेपालका सचिव उपेन्द्र महतोले प्रदेश सरकार निर्माणका विषयमा छलफल भए पनि कुनै निर्णय नभएको बताए । यद्यपि, प्रदेश २ मा राजपा नेपाल र फोरम नेपालकै नेतृत्वमा प्रदेश सरकार गठन गर्ने सुनिश्चित रहेको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us