दमक, १५ माघ।
झापाको दमक नगरपालिका वडा नं. ७ का सुन चाँदी व्यबसाय गर्दै आएका टहराहरु नगरपालीका द्धारा भत्काइएको छ। स्थानियले सडक अतिक्रमण गरि बनाएको भन्दै नगरपालिकाले उक्त सुन चाँदी ब्यबसाय गर्दै आएका घर तथा टहराहरु भत्काउन सुरु गरेको हो ।
बिगत ६० बर्ष देखी सोही स्थानमा बसोबास गरीरहेकाले कुनै पनि सडक अतिक्र्रमण नगरेको स्थानियको भनाई छ । नगरपालिकाले स्थानियका २ टहरा भत्काए पछी स्थानियले त्यसको बिरोध गरि रहेका छन् । उनिहरुले नगर पालिका र नगरपालिकाका मेयर विरुद्ध नाराबाजी गर्न सुरु गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-