१७ माघ । मोरङको रतुवामाई १० मा रहेको आरम्भ नाट्य डबली कला साहित्य मञ्चको आयोजनामा मंगलबार सहिद दिवस मनाइयो । रतुवामाई ९ को शर्बेश्वर सामुदायीक हलमा भएको कार्यक्रममा कबिता गोष्ठी सहित सहिद दिबस मनाइएको हो ।कार्यक्रममा सहभागी वक्ताहरुले सहिदहरुको योगदानको चर्चा गर्दै उनीहरुप्रति सम्मान प्रकट गरे । प्रमुख अतिथिका रुपमा उपस्थित रतुवामाई नगरपालिकाका मेयर रबिन राईले सहिदहरुको वलिदानीले नै आजको लोकतन्त्र प्राप्त भएको उल्लेख गर्दै उनीहरुको योगदानको सधै सम्मान गर्नु पर्ने बिचार ब्यक्त गर्नुभयो । कबिता गोष्ठीका सन्दर्भमा बोल्दै उहाले नगरका सबै वडाहरुलाई समेटेर साहित्यीक गतिबिधिहरु सञ्चालन गर्न आयोजक नाट्य डबलीलाई आग्रह गर्नुभयो । साहित्यीक क्षेत्रमा काम गर्ने संस्थाहरुलाई नगरपालिकाका तर्फबाट यथासक्य सहयोग गर्नेसमेत उहाले आश्वासन दिनुभयो ।सुनाखरी मिडिया प्रालिका प्रबन्ध निर्देशक युवराज पौडेलले राजनैतिक दल र सरकारले सहिदको मर्म र महत्वलाई घटाउदै लगेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । फरक परिबेशमा निधन भएका आफु निकट ब्यक्ती राजनैतिक दलले सरकारमा रहेको बेला सहिद घोषणा गर्ने गरेको उल्लेख गर्दै यस्तो कार्यले सच्चा सहिदहरुप्रति अपमान भएको उहाको भनाई थियो । सरकारले ‘सहिद घोषणा प्रतियोगीता’ चलाइरहेकोे भन्दै बर्तमान काम चलाऊ सरकारले दिनहुं जसो गरिरहेको सहिद घोषणाप्रति पौडेलले ब्यङग्य गर्नुभयो । सरस्वति मावि इटहराका संयोजक थिरनाथ दाहालले सबै बिद्यालय कार्यलयहरुले बिदा मनाइरहेका बेला सहित्यीक संस्थाले सहिद दिबस मनाउने अबसर प्रदान गरेको भन्दै प्रशन्नता ब्यक्त गर्नुभयो । कबिताले समकालीन समाज र जीबनको तस्बिर देखाउने भएकाले स्रष्टाका सिर्जनाहरुले ब्यक्तिलाई सहि मार्ग प्रदान गर्ने बिचार राख्नु भयो ।यसैबीच नगरस्तरीय माध्यमिक बिद्यालयबीच भएको कबिता प्रतियोगिताका बिजेताहरुलाई नगर प्रमुख राईले पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो ।
अन्य सहभागी बिद्यार्थीहरुले पनि प्रशंशापत्र प्राप्त गरे । प्रतियोगितामा मुनाल आदर्श बिद्या सदनकी बिद्यार्थी करुणा निरौलाले प्रथम स्थान हासिल गरिन । त्यस्तै दाम्राभिट्टा इङलिस स्कुलका भिषण आर्चाय दोस्रो र सरस्वती माविका सुजन बिष्ट तेस्रो भए । हाल कतारमा रहेका आयोजक संस्थाका अध्यक्ष प्रेम भण्डारीले टेलिफोनबाट कार्यक्रममा शुभकामना मन्तब्य राख्नुभयो । सचिब पुजन दासले संस्थाले हालसम्मगरेका गतिबिधिहरुको जानकारी गराउनुभयो । गोष्ठीमा केशब भट्टराई, दिलबहादुर परियार, दिक्षा दुलाल ,आस्था निरौला , सन्तोष लुईटेल, नानु पौडेल , हरि नेपाल ,रबिन बस्नेत लगायत एक दर्जन बढि कबिहरुले कबिता प्रस्तुत गरे । आरम्भ नाट्य डबलीका कार्यवहाक अध्यक्ष समिर सुबेदीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन साहित्यकार एवम् भाषा शिक्षक महेन्द्र रेग्मीले गर्नु भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-