पोखरा, १५ माघ
पोखराको समृद्धिको लागि महत्व राख्ने पोखरा लेखनाथ महानगरपालिका वडा नं.११ काहुडाडामा निर्माण हुने ८० मिटर बुद्ध सहितको धर्मकाया बुद्ध मण्डला निर्माण बृहत योजनामा जुटेको धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिले सहारा परिवारलाई स्वागत गरेको छ । सहारा युकेका अध्यक्ष मिनबहादुर गुरुङ(साइला), सहारा क्लव हङकङका अध्यक्ष दिपक गुरुङसहितको पाहुनाहरुलाई बुद्धमण्डला निर्माणस्थल काहुडाडाको अवलोकन गराउदै मण्डला निर्माण समितिले माला लगाएर स्वागत सम्मान गरेको थियो ।
स्वागत कार्यक्रममा बोल्नु हुदै सहारा युकेका अध्यक्ष मिनबहादुर गुरुङ(साइला)ले मण्डला निर्माण समितिले पुण्यस्थलमा स्वागत सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्नुहुदै काहुडाडामा बिशाला बुद्धको मुर्तिसहित निर्माण हुने धर्मकाया बुद्ध मण्डलाले पोखराको सुन्दरता थप्ने बताउनुभयो । पर्यटनको राजधानी शहर पोखरामा धार्मिक पर्यटक भित्र्याउन मण्डलाले एक महत्वपूणे केन्द्र बन्ने विश्वास गर्नुहुदै आफुहरुको तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो ।
सहारा क्लव हङकङका अध्यक्ष दिपक गुरुङले पोखरा मात्रै होइन नेपाल कै गौरवको परियोजना धर्मकाया बुद्ध मण्डला निर्माणमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो । बुद्ध मण्डला अत्यन्तै ठुलो प्रोजेक्ट भएकाले हङकङमा संयोजनका लागि नमोबुद्ध आमा समुहलाई प्रस्ताव गर्न उहाँको सुझाव थियो ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष मोहन बाँस्तोलाले आफ्नो वडामा नागरिकस्तरबाट अत्यन्तै महत्वुर्ण योजना अघि बढाइएकोमा खुशी व्यक्त गर्नुहुदै वडा र नगरपालिकाको तर्फबाट कस्तो सहयोग गर्नुपर्ने आधिकारीक रुपमा प्रस्तावको आग्रह गर्नुभयो । धर्मकाया बुद्ध मण्डला पोखराकै गौरबको योजना भएकाले विदेशमा रहनु भएका दाजुभाईहरुले आत्मैदेखि साथ सहयोग गरिरहनुभएकोमा धन्यवाद व्यक्त गर्नुहुदै मण्डला सम्पन्न गर्न आफ्नो तर्फबाट सक्दो पहल हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बुद्ध मण्डला निर्माण समितिका सल्लाहकार, वरिष्ट सँस्कृतिकर्मी तीर्थ श्रेष्ठले धर्मकाया बुद्ध मण्डला योजनाका बारेमा जानकारी दिनुहुदै नेपालमा नागरिकस्तरबाट पोखराको मात्रै होइन नेपालकै गौरबको मण्डला निर्माण अभियान भएको बताउनुभयो । उहाँले पोखराको समृद्धिका लागि बुद्ध मण्डला महत्वपुर्ण केन्द्र हुने भएकाले सबैको साथ सहयोगको अपेक्षा गर्नुभयो ।
अर्का सल्लाहकार अशोक पालिखेले बुद्ध मण्डला पोखरालाई संसारसँग जोड्ने केन्द्र बन्ने भएकाले सबैको सहयोगीहरुलाई धन्यवादसहित थप सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा डायमण्ड बुद्धिष्ट सेन्टर यु.के.का अध्यक्ष योगेश गुरुङले स्वागत सम्मानका लागि धन्यवाद व्यक्त गर्नुृहुदै काहुडाडामा बिशाल बुद्धको मुर्ति निर्माण पोखराको सुन्दरता वृद्धिसँग विश्वमा शान्ति छाउने अपेक्षा गर्नुभयो ।
बुद्धिष्ट कम्युनिटी सेन्टर युके आमा समुहकी अध्यक्ष पुष्पा गुरुङले पोखराको विकासमा टेवा पुग्ने अत्यन्तै महत्वपुर्ण योजना धर्मकाया बुद्ध मण्डला निर्माण सम्पन्न गर्न आफुहरुको तर्फबाट सक्दो सहयोग गरिरहेको र सबैको सहयोगको आग्रह गर्नुभयो ।
भुमिदान सहयोगका लागि काहुडाडा पुग्नु भएका ८३ वर्षिय समाजसेवी, ले.जसबहादुर गुरुङले धर्मकाया बुद्ध मण्डला निर्माणका लागि भुमिदानका लागि आफु सहयोग गर्न आएको र मण्डला निर्माण पछि पनि थप सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुहुदै सबैलाई उत्साहित गराउनुभयो ।
स्वागत कार्यक्रममा धर्मकाया बुद्ध मण्डला निर्माणस्थलमा भुमिदानका लागि १० लाख ९४ हजार ९५३ रुपैया सहयोग हस्तान्तरण गरिएको छ । भुमिदानका लागि डाइमण्ड बुद्धिष्ट सेन्टरबाट ३ लाख १४ हजार १४० रुपैया, सेन्टरका अध्यक्ष योगेश गुरुङ र धर्मपत्नी मीना गुरुङबाट १ लाख ११ हजार १ सय ११ रुपैंया, यु.के. निवासी बुद्धिबहादुर गुरुङबाट १ लाख ११ हजार १ सय १ रुपैंया, ल्वाङ घलेल गाँउ भई युके निवासी आइबहादुर गुरुङ र श्रीमती दुर्गा गुरुङबाट १ लाख ५ सय रुपैंया, सहारा यु.के.का अध्यक्ष मीन गुरुङ (साइला) र श्रीमती सारदा गुरुङबाट १ लाख रुपैंया, सहारा क्लब यु.के.का सल्लाहकार तथा फोक्स्टोन नेप्लिज कम्युनिटीका अध्यक्ष चन्द्रबहादुर गुरुङबाट १ लाख १ हजार रुपैंया, धम्पुस गाँउ, पोखरा सिम्पानी घर भई युके निवासी समाजसेवी ले.जसबहादुर गुरुङले धर्मपत्नी देवकुमारी गुरुङको स्मृतिमा १ लाख १ हजार १ सय १ रुपैंया, भुम्दीकोट समाज युकेका अध्यक्ष जुमकाजी गुरुङले १ लाख ५ हजार र सहारा युकेका सल्लाहकार हरिकुमार श्रेष्ठ र श्रीमती सरिता श्रेष्ठबाट ५१ हजार रुपैंया सहयोग धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी गुरुङ मैनालाई हस्तान्तरण गरिएको थियो । मण्डला निर्माणका लागि १७० रोपनी जग्गा धारापानी बन उपभोक्ता समितिले, २ रोपनी जग्गा काहुघोताने परिवारका इन्द्रबहादुर गुरुङ, मिनबहादुर गुरुङ लगायतले भुमिदान गर्नुभएको थियो भने बुद्ध मुर्तिको आसनका लागि थप ७ करोडको जग्गा खरिद गर्नुपरेकाले समितिले भुमिदानका लागि सहयोगको आव्हान पश्चात देश विदेशबाट नागरिकस्तरबाट सहयोग भएको हो । मण्डला निर्माण योजनाका लागि नेपाल सरकारबाट एक करोड रुपैया यस वर्षको बजेटमा परेको छ भने महानगरको तर्फबाट पनि सहयोग गरेको छ ।
धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ (मैना)को अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजबहादुर गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
स्वागत कार्यक्रममा मण्डला विकास तथा व्यवस्थापन समितिका सदस्य तथा गोर्खा कम्युनिटी पोखराका अध्यक्ष, तमु धिं युकेका नेपाल प्रतिनीधि मेजर लक्ष्मीप्रसाद गुरुङ र धर्मपत्नी हुमकुमारी गुरुङले भोजन प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-