१७ माघ । झापाको हल्दीबारी गाउँपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिकाको वडा नम्बर ३ बस्ने ४७ वर्षीय भीम बहादुर गिरी रहेको प्रहरीले जनाएको छ ।स्थानीय देउनिया पुलमा बाटो काट्ने क्रममा गिरीलाई मे १ त ६१७४ नम्बरको ट्र्याक्टरले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । दुर्घटना हुनासाथ ट्रयाक्टरका चालक भाग्न सफल भएकाले प्रहरीले उनलाई पक्राउ गर्न नसके तापनि उनको खोजी कार्य तीव्र पारिएकाले छिट्टै पक्राउ पर्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-