सुनसरी, माघ १८ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरीको रामधुनी नगरपालिकाखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर ५ घर भएका नयनबहादुर बन्जरा रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीका अनुसार गएराति सात बजे को ३२ प ८९८ नम्बरको मोटरसाइकल सडक किनारमा रोकी राखेको ना ४ ख १२९६ नम्बरको ट्रकमा ठक्कर खाँदा मोटरसाइकलमा सवार बन्जरा गम्भीर घाइते भई उपचारार्थ इनरुवास्थित सुनसरी जिल्ला अस्पताल पुर्याइएकामा उपचारका क्रममा बिहीबार उनको मृत्यु भएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-