२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

जंगली जनावरबाट स्थानीय त्रसित , भालुको आक्रमण बाट एकजना घाईते

दैलो न्युज दैलो न्युज
माघ १९, २०७४ ०७:१९ मा प्रकाशित
ShareTweetPin

अनिल पोखरेल, १९ माघ । राजबिराज सप्तरीका स्थानीय बासिन्दा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आउने जंगली जनावरको आतंकले तर्सितबनेका छन । आरक्षबाट आउने अर्ना, भालु, हात्तीले घरगोठ, बालीनालीमा क्षति पुर्याउनुका साथै घरपालुवा पशुचौपाया र मानिसलाई समेत आक्रमणगर्न थालेपछि जङली जनावरको आक्रमणले स्थानीय आतंकित बनेका छन् । सप्तरीको उत्तरीपूर्वी क्षेत्रका बासिन्दाहरुमा आतंक फैलिएको छ ।साथीहरूसँग घाँस काट्न घोघनपुरस्थित जंगल गएका सप्तकोशी ५ का ४२ वर्षीय जीवनाथ आचार्यलाई बुधबार बिहान भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । उनका अन्यसाथीहरूले भने भागेर ज्यान जोगाए । घाइते आचार्यलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको छ ।गतपुस २६ गते दिउँसो सप्तकोसी ५ का ५० वर्षीय झघर अगाडि रहेको बाँसघारीमा चरिरहेको बाख्रालाई घाँस दिन गएकापट सदा अर्नाको आक्रमणबाट गम्भीर घाईते भएका थिए । जंगली जनावरबाट बालीनाली जोगाउन रातभर जाग्राम बस्ने गरेका स्थानीयवासी अहिले दिउँसै आक्रमणको सिकार हुन थालेपछि थप चिन्तित भएका छन् । हात्तीलाई तितरवितर पार्न थाल–भाँडा ठटाएर तथा आँखामा टर्च लाइट बालेर गस्ती गर्दै आएकोमा अर्ना र भालुले समेत दिउँसै आक्रमण गर्न थालेपछि गाउँलेहरू त्रसित बनेका सप्तकोसी नगरपालिका ५ का वडाध्यक्ष दीपकप्रसाद चौधरीले बताए । गाउँलेहरू भन्छन्, ‘थाल ठठाएर, त्रसित जीवन कहिलेसम्म बाँच्ने ।’दुई महिनाको अवधिमा अर्ना र हात्तीको समूहले कञ्चनरूपर सप्तकोसी नगरपालिकाका दर्जनौं घर भत्काउनुका साथै बालीनाली क्षति पु¥याएर ३० लाख मूल्यबराबरको नष्ट गरेको सप्तकोसीनगरपालिकाका प्रमुख उत्तम शर्मालेबताए ।हात्ती, अर्ना, भालु र बँदेलले घर, बालीनालीमा क्षति पु¥याउने मात्र नभई मानिस नै मारेका घटनासमेत प्रशस्तै छन् । मंसिर १३ गते हात्तीले कञ्चनरूप १० बदगामाकी फूलवादेवी यादवको ज्यान लियो । स्थानीय राजु शर्मा भन्छन्, ‘उनले बाँच्नका लागि गुहार माग्दासमेत हात्तीको अगाडि पर्ने हिम्मत कसैले गरेनन, उनलाई सबैको अगाडि हात्तीले मार्यो ।’जंगली हात्तीको आक्रमणमा परी कात्तिक १९ गते कञ्चनरूप नगरपालिका १२ श्रवणपुरकाबिर्खबहादुर बिकको मृत्यु भयो । पाकेको धान सुरक्षार्थ राति खेतमा उनलाई हात्तीले मारेको हो ।आरक्षबाट आएका हात्तीको समूहले सुतिरहेका बेला घरमा आक्रमण गरेपछि भाग्न खोज्दा भारदह ९ स्थित बलुवाका ६० वर्षीय रघुनाथ खंगको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनायो । वन्यजन्तु चौयायाबाट धानबालीको सुरक्षा गर्न छाप्रो बनाई बसेका बैरवा ८ का ५५ वर्षीय अल्लाउद्दिन खाँलाई पनि हात्तीले लखेटेर कुल्चेपछि गत पुस ९ गते ज्यान गयो । उनीसँगै रहेका अन्य दुई जनाले भागेर ज्यान जोगाएको मृतकका भतिजासबिर खाँले बताए ।भैंसी चराउन आरक्ष गएकी कञ्चनरूप नगरपालिका १०बस्ने सत्यनारायण यादवकी छोरी १३ वर्षीया संगीताकुमारी यादवको पनि हात्तीले कुल्चिएर गतवर्ष असार २८गते ज्यान लियो । यसैगरी गत चैत २२ गते दिउँसै हनुमाननगर बजार प्रवेशगरेको हात्तीले लखेटेर सात जनालाईघाइते बनाएको थियो । त्यसमध्ये सञ्जय साफी र रोशनकुमार झाको उपचारका क्रममा मृत्यु भएको थियो ।सरकारलाई ज्ञापनपत्र दिन र गस्ती गर्न सीडीओको सुझावअर्ना, हात्तीले गहुँबाली नष्ट पार्नुका साथै नागरिकमाथि आक्रमण गर्न थालेपछि आक्रोशित किसानहरूलाई स्थानीय प्रशासनले ज्ञापनपत्र बुझाउन र गस्ती गर्न सुझाव दिएको छ ।अन्नबालीमा पुर्याएको क्षतिबारे गएको आइतबार निरीक्षण गरेपश्चात् आन्दोलित किसानसँग समस्या समाधानको प्रतिबद्धता गरेका सीडीओ भागीरथ पाण्डेले नागरिकभन्दा हात्तीको अधिकार बढी भएकोले समस्याबारे सरकारलाई ज्ञापनपत्र बुझाउन तथा सुरक्षा निकाय र स्थानीय तहबाट गस्ती गर्न सुझाव दिए ।सीडीओ पाण्डेले आरक्षका वार्डेनसहित बैठक बसी समाधान खोजिने प्रतिबद्धता जनाएपछि तत्कालका लागि आन्दोलन स्थगित भए पनि ठोस समाधान नभए जुलुस प्रदर्शन, चक्काजामसहित आन्दोलनमा उत्रनुबाहेक किसानसँग विकल्प नभएको लक्ष्मण मण्डलले बताए ।डरत्रासमा जनता रातभरि सुत्न नपाउँदा र किसानहरूको अन्नबाली नष्ट गर्दासमेत सरकारले रोकथामका उपायमा बेवास्ता गरेको कञ्चनरूप नगरपालिकाका प्रमुख वसन्त मि श्रले दुखेसो पोखे। वन्यजन्तु नियन्त्रणमा स्थानीय सरकारलाई कुनै अधिकार नभएकोले संविधानमा नागरिकको बाँच्न पाउने मौलिक अधिकार संरक्षणको दायित्व सरकारलेलिनुपर्ने उनको भनाइ छ ।जग्गाधनीको खेतमा ठेक्का लिएर खेती गरिरहेका पीडित किसानहरू लालपुर्जाको अभावमा क्षतिपूर्तिसमेत माग्न सक्दैनन्। ठेक्कामा लिएर गर्ने गरेको खेती बर्से्िन क्षति हुँदा निकै मर्का परेको बताउँदै बिसुनिया पासवानले वन्यजन्तुले अन्नबाली खाएर नष्ट पारेपछि बाँच्ने मुख्य आधार नै गुमेको गुनासो गरे ।सबैको मुख्य मुद्दा भए पनि समस्या बढ्दोयस क्षेत्रमा हुने वन्यजन्तु आतंकपुरानो विषय हो। निर्वाचनका बेला यही समस्या सबैको चुनावी मुद्दा बन्ने गर्छ। फत्तेपुरका जयप्रसाद ढुंगानाले भने, ‘नेताका प्रतिबद्धता पानीका फोकाजस्तै हुन्, चुनावका बेला उठ्छन् अनि मतपरिणाम आएपछि फुट्छन्।’

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us